बाजुरामा दलितलाई गैरदलितले पानी खान दिएनन

१० जेष्ठ २०६९, बुधबार १३:२७ मा प्रकाशित

बाजुरा, १० जेठ । बाजुराको कैलाशमाण्डौ–३ खिरपाटाको दलित बस्तीमा निर्माण गरिएका खानेपानीका धाराको पाइप गैर दलितले काटेपछि खानेपानीको समस्या भएको छ । सुख्खा खडेरीका कारण मुहानमा पानीको मात्रा घटे लगत्तै आफ्नो टोलका धारामा पानी कम आएको भन्दै गैर दलितहरुले दलित टोलको पाईप काटेका हुन् । खानेपानीको पाईप काटेपछि स्थानीय २५ परिवार दलितहरु खानेपानीबाट बन्चीत भएका छन् ।  दलित टोलमा जडान गरिएको खानेपानीको पाईप काट्दा पनि आफुहरुले कुनै प्रतिकार नगरेको उनीहरुको भनाइ छ । सयैको संख्यामा रहेका गैरदलित परिवारका बीचमा बसोबास गर्दै आएका २५ बढी दलित परिवार हाल आधा घण्टा टाढा रहेको गाई भैसीलाई पानी खुवाउन प्रयोग गरिने कुवाको पानी खान बाध्य भएका छन् । एउटै गाउँको गैर दलित टोलमा पानी नियमित आउने गरेको भएपनि दलित टोलमा परिवारले भने मुख समेत नखोली कुवाको पानी खानु परेको छ । गाँउमा खानेपानी नहुदाँ उनीहरुलाई खानका साथै गाई गोरुलाई पानी खुवाउन पनि समस्या भएको स्थानीय बासी कृष्ण विकले बताउनुभएको छ । उनीहरुले खानेपानीका लागि पाइप मात्र सहयोग गरिदिन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने