एनएफडीसीमा उत्कृष्ट ५ चलचित्र सार्वजनिक

९ श्रावण २०७१, शुक्रबार १७:३५ मा प्रकाशित

काठमाडौं, ९ साउन । नेपाल चलचित्र विकास कम्पनीको आयोजनामा हुन लागेको  एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार दोस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ ।
कम्पनीले विज्ञप्ति जारी गरेर उत्कृट पाँच चालचित्र सार्वजनिक गरेको हो । २०७० वैशाख १ गतेदेखि २०७० चैत मसान्तसम्म चलचित्र भवनमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका ९४ चलचित्रबाट छनौट गरेर उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चलचित्र क्षेत्रका विभिन्न संघ संस्था, चलचित्रकर्मी तथा चलचित्र विज्ञसँगको अन्र्तक्रिया र उनीहरूको साथ सहयोगमा तयार पारिएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ को टर्मस् अफ रिफ्रेन्सअनुसार नै दोस्रो संस्करण पनि सम्पन्न गरिने आयोजकले जनाएको छ ।
गतवर्ष १६ विधामा अवार्ड प्रदान गरिएको थियो । यस वर्ष अन्य चार अवार्ड थप गरी २० बिधा बनाइएको छ । पुरस्कारमा पुरस्कृत हुनेहरूलाई सम्मानपत्र, ट्रफीका साथै नगद राशीको समेत व्यवस्था गरिएको छ ।
सर्वोत्कृष्ट निर्देशकलाई १ लाख र मह जुरी अवार्डको बिधामा ५१ हजार नगरसहितको पुरस्कार व्यवस्था छ । विदेशी श्रष्टाको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५ सय ५५ युएस डलर तथा अन्य सबै बिधामा ५१ हजार प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
कुल २० बिधामा अवार्ड प्रदान गरिने भएपनि १७ बिधाका लागि संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित चलचित्रहरूबाट उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार)को नाम सार्वजनिक गरिएको छ ।
अवार्डलाई निष्पक्ष रुपमा सम्पन्न गर्न वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनामको संयोजकत्वमा अभिनेत्री चैत्यदेवी सिंह, मञ्जुकुमार श्रेष्ठ, साउण्ड इन्जिनियर प्रदीप उपाध्यााय र निर्माण नियन्त्रक नारायण ध्वज पन्त सदस्य रहेको निर्णयक समिति बनाइएको छ ।
उत्कृष्ट पाँच मनोनयनमा नयाँ, पुराना, हिट, फ्लप प्राय सबै चलचित्रकर्मी अटाएका छन् । सार्वजनिक पाँचमा निर्देशकतर्फ विकास आचार्य, हेमराज बिसी, नवल नेपाल, प्रवीन श्रेष्ठ, यादब भट्टराई अटाएका छन् भने चलचित्र तर्फ झोला, होस्टेल, महशुस, मोक्ष, नाई न भन्नु ल २ अटाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार