रामचन्द्रका सम्बन्धी प्रशासनिक प्रशिक्षणको प्रमुख नियुक्त

९ श्रावण २०७१, शुक्रबार १३:५३ मा प्रकाशित

काठमाडौं, ९ साउन । सरकारले केही दिन अघि मात्र अवकास पाएका सचिव युवराज भुसाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेको छ ।
राजधानीमा आज बसेको मन्त्रिपरिषद बैठकले भुसाललाई प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेको हो ।
सरकारले कृष्णहरि बास्कोटालाई प्रशासनिक सुधार उच्चस्तरीय निर्देशक समितिको विज्ञ सदस्यमा नियुक्ति गरेको छ । भुसाल कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्बन्धी हुन् ।

त्यसी गरी सरकारले नेपाल–भारत संयुक्त आयोगको बैठकमा उठाइने एजेण्डहरू तय गरेको छ ।
संयुक्त बैठकमा उठाइने विषय तय गरेको हो । यद्यपि के के एजेण्डा तय गरिएको छ भन्नेबारेमा सरकारले केही सार्वजनिक गरेको छैन । संयुक्त बैठक शनिबार काठमाडौंमा बस्दै छ ।
आयोगको बैठकमा सहभागी हुने भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने औपचारिक भ्रमणमा आजै साँझ काठमाडौं आइपुग्ने क्रार्यक्रम छ ।

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउन–१८ गतेबाट हुने नेपाल भ्रमणको तालिका समेत तय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन