एकीकृत माओवादी र मोर्चाबीच छलफल, तीन दलको बैठक सुरु

१० जेष्ठ २०६९, बुधबार १३:१२ मा प्रकाशित

काठमाडौ, १० जेठ । संविधानसभाको म्याद थप गर्ने निर्णयपछि उत्पन्न परिस्थितिका विषयमा आज एकीकृत नेकपा माओवादी र मोर्चाबीच छलफल भएको छ । दुई दलले सरकारमा सहभागी काङ्ग्रेस र एमालेका नेताहरूलाई मनाउने विषयमा छलफल गरेका छन् । बिहान चार शक्तिको बैठक बोलाइए पनि काङ्ग्रेस र एमालेका नेताहरू भने आन्तरिक छलफलमा व्यस्त रहनुपरेको भन्दै बैठकमा पुगेनन् । मधेसी मोर्चा सहितको बैठक प्रधानमन्त्रीको कार्यालयमा भईरहेको छ । म्याद थप गर्ने विषयमा काङ्ग्रेस र एमालेले आपत्ति जनाएपछि राजनीतिक जटिलता बढेको छ । संविधानका बाँकी विवादहरूमा सहमतिको प्रयास भइरहेको बेला संविधानसभाको म्याद गर्ने विषयमा देखिएको फरक फरक मतले दलहरूबीचको सम्बन्ध चिसिने सम्भावना देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा