संविधान निर्माणबारे एमाओवादीले धारणा बनाउने

९ श्रावण २०७१, शुक्रबार ०७:०५ मा प्रकाशित

काठमाडौं, ९ साउन । एमाओवादीले संविधान निर्माणबारे पार्टीको आधिकारिक धारणा बनाउन गृहकार्य थालेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ‘संविधान सुझाव मस्यौदा तथा समन्वय समिति’ गठन गरी बिहीबारदेखि काम सुरु गरिएको हो ।

संविधानसभामा पेस गर्न समितिले मस्यौदा तयार गर्नेछ । संयोजक श्रेष्ठले संविधान मस्यौदा तयार गर्न पार्टीभित्र र बाहिर रहेका विज्ञसँग छलफल अघि बढाउने बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । ‘संविधानसभाले तोकेको कार्यतालिकाभित्र मस्यौदा तयार गर्नेछौं,’ उनले भने, ‘तोकिएकै समयमा संविधान बनोस् भन्ने उद्देश्यसाथ काम थालेका हौं ।’

दलहरूबीच सहमति हुन नसकेका संविधानसभाका अन्तरवस्तु संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायतबारे सरोकारवाला र विज्ञहरूसँग छलफल चलाउने तयारी एमाओवादीको छ । ‘सबैको सुझावका आधारमा हामी एउटा मस्यौदा बनाउँछौं,’ श्रेष्ठले भने, ‘एक साता हामी सरोकारवाला र विज्ञहरूसँग छलफल गर्नेछौं ।’

सामथ्र्य र पहिचानलाई प्रमुख आधार बनाएर संघीयताबारे धारणा बनाउने उनको भनाइ छ । प्रमुख दलहरूबीच २०६९ जेठ २ गते सामथ्र्य र पहिचानसहित ११ प्रदेशमा जाने सहमति भए पनि पछि टुटेको थियो ।

एमाओवादीले राज्य पुनर्संरचना समिति र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदनलाई आधार बनाएर तयारी गर्ने श्रेष्ठको भनाइ छ । ु’विधान निर्माणलाई तीव्रता दिने तत्कालीन काम भएकाले व्यापक रूपमा छलफल गर्छौं,’ उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई