म्याद थपबारे काङ्ग्रेसको आपत्ति, जेठ १४ मै संविधान बन्नुपर्ने अडान

१० जेष्ठ २०६९, बुधबार १३:०६ मा प्रकाशित

काठमाडौ, १० जेठ । नेपाली काङ्ग्रेसले संविधानसभाको म्याद थप गर्ने सरकारको प्रस्ताव मान्य नहुने निर्णय गरेको छ । म्यादका सम्बन्धमा आज बिहान सभापति सुशील कोइरालाको निवासमा बसेको काङ्ग्रेस नेताहरूको अनौपचारिक छलफलले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतले अन्तिम पटकका लागिभन्दै जेठ १४ सम्म मात्रै संविधानसभाको अवधि रहने गरी सुनाएको फैसलाको विरुद्ध जान नसकिने काङ्ग्रेस नेताहरूको तर्क छ । न्यायपालिकाको अपहेलना हुने गरी फैसलाविरुद्ध जान नसक्ने भन्दै काङ्ग्रेसले आपत्ति जनाएको हो । सरकारले भने जेठ १४ मा संविधान जारी गर्नसक्ने कुनै सम्भावना नरहेकोले संविधानसभा बचाउनका लागि भन्दै अन्तरिम संविधान संशोधनका लागि विधेयक दर्ता गरेको छ ।
म्याद थपबारे सरकारको निर्णयप्रति असहमति जनाएपछि काङ्ग्रेसले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउन सक्ने सङ्केत देखाएको छ । काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एकीकृत माओवादीले जबर्जस्ती आफ्नो पार्टीको सहमति विपरित म्याद थप्ने प्रस्ताव पेश गरेकोले सरकारबाट बाहिरिनुपर्ने बताउनुभयो । बिहान बसेको अनौपचारिक बैठकमा पनि धेरैजसो सदस्यहरूले सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका छन् । यसका लागि औपचारिक निर्णय गर्न आज दिउँसो ४ बजे पछि काङ्ग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।