कोलकत्ता नाईटराईडर आईपीएलको फाईनलमा

१० जेष्ठ २०६९, बुधबार ०८:४९ मा प्रकाशित

काठमाडौ, १० जेठ । कोलकत्ता नाईड राईडर्स इन्डियन प्रिमियर लिगको फाईनलमा प्रवेश गरेको छ । गएराती अवेर सकिएको खेलमा दिल्ली डेयर डेभिल्सलाई १८ रनले पराजीत गर्दै कोलकत्ता पहिलो पटक फाईनलमा प्रवेश गरेको हो । जीतका लागि कोलकत्ताले दिएको १ सय ६३ रनको चुनौती पछ्याएको दिल्लीले निर्धारीत ओभरमा १ सय ४४ रन मात्र बनाउन सक्यो । दिल्लीका लागी माहेला जयवर्दनेले सर्वाधिक ४० रन जोड्न बाहेक  अरु व्याट्सम्यान टिक्न सकेनन् । यस अघि टस जितेर पहिले व्याटिङ गरेको कोलकत्ता नाईड राईडर्सले २० ओभरमा मात्र ४ विकेटको नोक्सानीमा १ सय ६२ रन वनाएको थियो । कोलकत्ताका लागी युफुस पठान र लक्ष्मी शुक्लाले नटआउट क्रमस ४० र २४ रन जोडे । त्यस्तै व्रेण्डम म्याकुलम ३१,गौतम गांम्भिर ३२ र ज्याक कालिसले ३० रनको योगदान गरे । प्रतियोगीताको एलिमिनेटरमा आज मुम्वई इडिन्यन्स र साविक विजेता चेन्नेई सुपरकिग्सबीच प्रतिस्पर्धा हुने छ । खेल राती सवा आठ वजेपछि वैग्लौरमा हुने छ । आजको विजेतासंग दोश्रो क्वालिफायरमा दिल्ली डेयर डेविल्सले सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले