अल्ट्रा म्याराथन धावक सञ्जयद्धारा युरोपमा कीर्तिमान कायम

८ श्रावण २०७१, बिहीबार १८:०९ मा प्रकाशित

काठमाडौं, ८ साउन । नेपाली लामो दुरीका अल्ट्रा म्याराथन धावक एवम् हिमआरोही सञ्जय पण्डितले रसियामा रहेको विश्व चर्चित अग्लो हिमाल एल्बु्रसमा ६ मिनेट ३ सेकेण्ड आधा नाङ्गिएर कीर्तिमान गरेका छन् ।
प्रतिकुल मौसमका कारण निर्धारित समय भन्दा २ दिन पछि यहि २० जुलाईका दिन गरिएको सो आरोहणमा उनले रसियाको चर्चित पर्वत माउण्ट चिर्गाड पनि सफलता पूर्वक अरोहण गरेका छन् । सञ्जय प्युठान जिल्ला निवासी हुन् ।
यसअघि सातै महादेशका सातै ठूला हिमचुलीको आरोहणको सिलसिलामा रहेका पण्डितले एसिया अफ्रिका तथा युरोपको उच्च हिमाल आरेहण गरिसकेका छन् ।
उनले नेपालका मनास्लु, छुकुंग्री, आइल्याण्डपिक, नार्गाजुन हिमाल जस्ता दर्जनौ हिमालको आरोहणका गरिसकेका छन् । सबै हिमाल चढ्ने पण्डित नेपालका प्रथम अल्ट्रा म्याराथुन धावक पनि हुन् ।
५ हजार ६ सय ४२ मिटर उचाईको एल्बु्रस हिमालमा चढेर ६ मिनेटसम्म अर्धनग्न बसी विश्व कीर्तिमान कायम गरेको कीर्तिमानी दर्ता गराउने प्रक्रिया छन् ।
माइनस ६० डिग्री न्यून तापक्रम रहेका कारणले गर्दा सञ्जयको मुखैभरी नराम्रो दाग देखिदएको छ । खुट्टामा फ्रस्टबाइटले आक्रमण गरेका छन् । नेपाल र नेपालीलाई शाहसिक खेलकुदको माध्यमबाट चिनाउन पाउदा आफूलाई गर्व महशुस गरेको उनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह