भारतीय विदेशमन्त्री भोलि नेपाल आउँदै

८ श्रावण २०७१, बिहीबार १७:४९ मा प्रकाशित

काठमाडौं, ८ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने औपचारिक भ्रमणमा भोलि अपराह्न काठमाडौं आउँदै छिन् ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । शनिबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा स्वराजले भारतीय पक्षको नेतृत्व गर्नेछिन् ।
नेपाल र भारतबीचको सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक लाभका सबै क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले २७ वर्षअघि परराष्ट्रमन्त्रीस्तरमा गठित उक्त आयोग द्विपक्षीय मामिला हेर्ने सर्वोच्च संयन्त्र हो ।
तेइस वर्षपछि हुनलागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुनेछ ।
आयोगको बैठकमा भागलिन केही भारतीय अधिकारी आजै राजधानी आइसकेका छन् ।
ऊर्जा, वाणिज्य, सुरक्षाजस्ता क्षेत्रमा नेपाल र भारतबीच विभिन्न तहमा २५ वटा द्विपक्षीय संयन्त्र स्थापना भएका छन् । नेपाल र भारतमा आलोपालो गरी बर्सेनि आयोगको बैठक गर्ने भनिए पनि विविध कारणले २२ वर्षसम्म त्यो सम्भव भएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह