भक्तपुरमा बीपी जीवन यात्राको प्रथम प्रदर्शनी

८ श्रावण २०७१, बिहीबार १७:४६ मा प्रकाशित

भक्तपुर, ८ साउन । बीपी कोइरालाको जन्म शताब्दीका अवसरमा बीपी कोइराला विचार समाज नेपाल भक्तपुरले ‘बीपी जीवन यात्रा’ नामक वृत्तचित्र प्रदर्शन गरेको छ ।
भक्तपुरको अरनिको सभा भवनमा आज प्रदर्शन गरिएको वृत्तचित्रको नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले उद्घाटन गरे ।
बीपीको जीवनीमा आधारित एक घण्टा लामो वृत्तचित्रमा बिपीको पारिवारिक पृष्ठभूमि, राजनीतिक पृष्ठभूमि, जहानिया राणाशासनविरुद्धको आन्दोलन, प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको स्थापनादेखि बीपीको देहावसानसम्मको वृत्तान्त समेटिएको समाजका सहसचिव धर्मराज कार्कीले जानकारी दिए ।
बीपी सङ्ग्रहालयले निर्माण गरेको वृत्तचित्रको आज प्रथम प्रदर्शनसँगै अब देशव्यापी प्रदर्शन गरिने र जिल्लाको पनि गाउँगाउँमा वृत्तचित्र प्रदर्शन गरिने कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार