धादिङमा वर्षाले पृथ्वीराजमार्ग अवरुद्ध, ३५ घर जोखिममा

८ श्रावण २०७१, बिहीबार १७:३९ मा प्रकाशित

धादिङ, ८ साउन    । धादिङ जिल्ला अन्तर्गत वर्षाका कारण पृथ्वीराजमार्गको ठाउँठाउँमा आज यातायात अवरुद्ध भएको छ ।
वर्षापछि सडकमाथिबाट आएको पहिरोले पृथ्वीराजमार्गअन्तर्गत बैरेनी गाविसको मछेडीखोलामा बाढी आई बालुवा माटोसहितको लेदो आएर सडक अवरुद्ध भएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ ।
अहिले पहिरो हटाउने कार्य भइरहेको र छिट्टै आवागमन सुचारु हुने प्रहरीले जानकारी दिएको छ ।
सडकमा कतिपय यात्रुबाहक तथा मालबाहक गाडीहरु हिलोमा फसेका छन्  । जोगिमारामा समेत सडकमाथिबाट आएको हिलोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
डोजरले सडकको हिलो पन्छाएपछि राजमार्गमा यातायात सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
राति लगातारको वर्षापछि आएको बाढीका कारण धादिङ सेर्तुङ हिन्दुङका ३५ घर जोखिममा परेका छन् । अविरल वर्षापछि सेर्तुङ गाविस वडा नं ९ हिन्दुङमा आएको पहिरोका कारण त्यस क्षेत्रका ३५ घर जोखिममा परेका हुन् ।
पहिरोका कारण एकजना घाइते भएका छन् भने दुई पानीघट्ट बगाएको सेर्तुङ हिन्दुङका चलमान तामाङले जानकारी दिए । पहिरोका कारण गाउँमा रहेको हिन्दुङ प्राथमिक विद्यालय पनि जोखिममा परेको बताइएको छ ।
विद्यालय जोखिममा परेपछि पठनपाठनसमेत प्रभावित भएको छ । पहिरोका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी रातको समयमा पारी गाउँमा जाने गरेका छन् ।
घटनास्थलमा सेर्तुङबाट प्रहरी टोली पुगेर सदरमुकाममा जानकारी गराएको छ । सो स्थान सदरमुकामबाट तीन दिनको पैदलदूरीमा पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्