डोल्पाको बगर बजार सबैको केन्द्रमा

८ श्रावण २०७१, बिहीबार १७:३७ मा प्रकाशित

डोल्पा, ८ साउन । डोल्पाको त्रिपुराकोट गाविसको वडा नं २ स्थित बगर बजार यतिखेर सबैको केन्द्रविन्दु बनेको छ ।
राष्ट्रिय राजमार्ग काठमाडौं, बाँके, सल्यान, रुकुम, जाजरकोट हुँदै बगर बजार, सुर्खेत, जुम्ला हुँदै बगर बजार तथा छिमेकी राष्ट्र चीनले पनि नेपाल र चीनको सीमाना मोरिम्ला, सदरमुकाम दुनै हुँदै बगर बजारसम्म सडक बाटो जोडेकाले पनि यो स्थान सबैको केन्द्रविन्दु बनेको हो ।
पहिले पहिले त्रिपुराकोट र सुँ गाविसको मसानघाटका रुपमा प्रयोग गरिँदै आएको यो बजारमा अहिले प्रतिघडेरी रु आठ लाख पर्ने गरेको छ ।
सदरमुकाम दुनैको जग्गाभन्दा महँगो पर्ने यस ठाउँमा बाँके काठमाडौं सुर्खेतलगायतका जिल्लाका कतिपय व्यक्तिले जग्गा लिइसकेका छन् । २०६७ सम्ममा एउटा घरमा मात्र सीमित बगर बजारमा यतिखेर टनाटन बस्ती बसाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।