आदीबासी जनजातीले फिर्ता लिए पनि लिम्बुवान र थरुहटको बन्द जारी

१० जेष्ठ २०६९, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौ, १० जेठ । संघिय लिम्वुवान राज्य परिषदको आह्वानमा  आजदेखि थप तीन दिने बन्दको गरेकाले पूर्वको जनजीवन प्रभावित भएको छ । कांग्रेस र एमालेले एकल पहिचानसहितको संघियतामा सहमति नजनाएसम्म बन्द कायमै रहने संघिय लिम्वुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष सञ्जुहाङ पालुङवाले बताउनुभयो । परिषदले जेठ १४ मै संविधान जारी हुनुपर्ने, एकल पहिचानसहितको संघियता सुनिश्चित हुनुपर्ने र जिल्ला टुक्राउन नपाईनेलगायतको माग गरेको छ । तीन दिने बन्दको मागमा परेका पूर्वका बासिन्दा थप मारमा परेका छन् । बन्दका कारण बजार पसल, उद्योगधन्दा, कलकारखाना, यातायत, शैक्षिक संस्था सबै ठप्प छन ।
त्यसैगरी आदिवासी जनजाति संयुक्त संघर्È समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपनिथरुहट÷थारुवान प्रदेशको माग राख्दै आएको थारु संयुक्त संघर्ष समितिको आमहड्ताल जारी छ । माग सम्बोधनका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले आजदेखि १२ गतेसम्मका लागि थप तीन दिने आमहड्तालको घोषणा गरेको छ । संघर्ष समितिमा आवद्ध दल तथा संघसंस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा सरकारले पटकपटक वार्तामा बोलाएर धोका दिएको, वार्ताका नाममा अल्झाएर आन्दोलन कमजोर बनाउन खोजेको र सरकारबाट आन्दोलनको उपेक्षा गर्ने काम भएकाले थप आन्दोलनको घोषणा गरिएको जनाइएको छ । आमहड्तालका कारण आज पनि बिहानैबाट कञ्चनपुरलगायत तराईका सम्पूर्ण जिल्लाको जनजिवन प्रभावित भएको छ । आमहड्तालले गर्दा पूर्वपश्चिम राजमार्गमा सार्वजनिक यातायातका साधनहरु नचलेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । थारु संयुक्त संघर्ष समितिको एक घटक थरुहट तराई पार्टीका कञ्चनपुर ईन्चार्ज किर्तिबहादुर थापामगरले आज बिहान ११ बजेपछि संघर्ष समितिलाई सरकारले वार्तामा बोलाएको जानकारी दिँदै वार्ताका आधारमा आन्दोलनका कार्यक्रमबारे बिचार गरिने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको