वीरगञ्जमा चुरा र मेहन्दीको व्यापार बढ्दो

८ श्रावण २०७१, बिहीबार १७:३० मा प्रकाशित

वीरगन्ज, ८ साउन । जेठ र असारको बिहेवारीको लगनका बेलासमेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ ।
साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । हिजोआज वीरगन्जको माईस्थान र मीनाबजारमा हरियो चुरा र मेहन्दी किन्ने महिलाको भिड देख्न सकिन्छ ।
साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो, पहेंलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ । चुरा ‘सुहागको निसानी’ हो भन्ने धारणा अधिकांश महिलाको छ ।
तर आजभोलि सुहागिन महिलामात्र होइन, अविवाहित केटीहरूले पनि सुन्दर र राम्रो श्रीमान् प्राप्त होस् भन्ने चाहनाका साथ साउन महिनामा हरियो र पहेंलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । त्यसैले साउनमा चुराको माग उच्च हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा