विमान दुर्घटनामा ४८ को मृत्यु

८ श्रावण २०७१, बिहीबार १३:०० मा प्रकाशित

ताइपेइ, ८ साउन । बुधबार ताइवानको ट्रान्स एसिया एयरवेज कम्पनीको विमान दुर्घटनामा पर्दा ४८ यात्रुको मृत्यु हुनुका साथै १० घाइते भएको उक्त विमान कम्पनीले पुष्टि गरेको छ ।

कम्पनीको उडान नं जिइ २२२ बाट ५८ जना यात्रु बोकी आन्तरिक उडानमा रहेको विमान पेङ्गु द्वीपमा बुधबार राति दुर्घटनामा परेको हो ।

फ्रान्समा निर्मित एटिआर–७२ मोडेलको सो विमान ताइवानको प्रमुख सहर काओसिउङ्बाट आन्तरिक गन्तव्यतर्फ साँझ ५ः४३ बजे उडेको विमान केही समयपश्चात खराब मौसममा परी गन्तव्यतर्फ जान नसक्दा पेङ्गु द्वीपको मागोङ्ग विमानस्थलमा आकस्मिक अवतरण गर्नुपरेको बताइएको छ ।

मागोङ्ग विमानस्थल क्षेत्र वरिपरि भारी वर्षाको कारण चालकले धावन मार्ग ठम्याउन नसकी खोजीका क्रममा विमानको सन्तुलन बिग्रन गई ग्रामीण निजी क्षेत्रको मानव बस्तीमा पुगेको र अग्ला भवनहरुलाई ठक्कर दिई विमान क्षतिग्रस्त हुन पुगेको थियो ।

विमानमा दुई जना फ्रेन्च नागरिक र चार चालक दलका सदस्यसहित ५८ जना यात्रु रहेको जनाइएको छ ।

विमान दुर्घटना भई यात्रुहरुको मृत्यु भएकोमा चीनका राष्ट्रपति सि जिनपिङ्गले गहिरो समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति जिनपिङ्ग हाल ल्याटिन अमेरिकाको औपचारिक भ्रमणमा भएता पनि दुर्घटनाको खबरले उनलाई गहिरो चोट पुराएको भनी चीनस्थित ताइवान मामिलाको राज्य परिषद् कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।

विमान कम्पनी ट्रान्स एसियाले घाइते भएका प्रति व्यक्ति यात्रुलाई दुई लाख न्यु ताइवान डलर (करिब ६ हजार सात अमेरिकी डलर) तथा मृतकका परिवारलाई प्रति यात्रु आठ लाख न्यु ताइवानी डलर तत्कालको क्षतिपूर्तिबापत दिने भएको छ ।

विमानका दुई वटा ब्ल्याक बक्समध्ये एउटा फेला परेको जानकारी ताइवानी हवाई विभागका अधिकारीले जानकारी दिएका छन् । दुईवटै ब्ल्याक बक्स फेला परेपछि दुर्घटनाको छानबिन गरी कारण सार्वजनिक गरिने समेत जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले