विवाद उपसमिति बैठक आज बस्दै

१० जेष्ठ २०६९, बुधबार ०८:४४ मा प्रकाशित

काठमाडौ, १० जेठ । नयाँ संविधानका विभिन्न विषयमा छलफल गर्न आज विवाद समाधान उपसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । यसअघि हिजो बसेको उपसमितिको बैठकले राजनीतिक सहमतिसँगसँगै संविधान लेखनका विवादित विषयमा प्रश्नावली निर्माणको कार्य अगाडि बढाउने निर्णय गरेको थियो ।
आजै दिउँसो १ बजे व्यवस्थापिका संसदको बैठक बस्दै छ । आजको बैठकमा काङ्ग्रेस र एमालेका नेताहरूले संविधानसभाको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गर्ने तयारी गरेका छन् । जेठ १४ आउन कम समय रहेको र त्यतिन्जेलमा संविधान जारी गर्न नसक्ने भएकोले सरकारले म्याद थपका लागि विधेयक दर्ता गरिसकेको छ । एकीकृत माओवादीको भने संविधानसभाको म्याद थप्नुको अरू विकल्प नभएको तर्क छ ।
यसैगरी आन्दोलन र बन्दका कारण पटक पटक स्थगित हुुँदै आएको संविधानसभाका बैठक पनि दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव