मधेसी मोर्चासहित तीन दलको बैठक बस्दै

१० जेष्ठ २०६९, बुधबार ०८:४३ मा प्रकाशित

काठमाडौ, १० जेठ । संविधानसभाको म्याद थपलगायतका विषयमा छलफल गर्न अहिले केहीबेरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित तीन मुख्य दलको बैठक बस्दै छ । छलफलमा म्याद थपपछि संविधान निर्माणको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । बैठकमा एकीकृत माओवादी र मोर्चाले म्याद थपका विरोध गरिरहेका काङ्ग्रेस र एमालेलाई सहमतिमा आउन आग्रह गर्ने तयारी गरे पनि काङ्ग्रेस र एमालेका नेताहरू बैठकमै सहभागी नहुने सम्भावना छ । अब चार शक्तिको पार्टीमा सँगै बस्नुको कुनै अर्थ नहुने काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिसँग पहिलो पटक