‘वाम संस्थापक पुष्पलाललाई आत्मसात् गर्नुपर्छ’

७ श्रावण २०७१, बुधबार १५:२० मा प्रकाशित

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा समृद्ध नेपाल निर्माणका लागि पुष्पलालको चिन्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आयोजना गरेको स्मृति दिवस विशेष कार्यक्रममा नेकपा (एमाले)का निवर्तमान अध्यक्ष झलनाथ खनालले समृद्ध नेपालको निर्माणमा अविचलित सङ्घर्ष गरेका पुष्पलालको योगदानको जगमा नेपाल वर्तमान अवस्थासम्म आइपुगेको बताए ।
उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण उचाइमा पुराएका पुष्पलालको योगदान युगौँयुगसम्म बाँची रहने बताए ।
एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सहमति र सहकार्यका माध्यमबाट राष्ट्रिय समस्याको समाधान गर्न सकिने पुष्पलालको चिन्तनबाट नै संविधान निर्माण र राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने बताए ।
उनले बन्दुक गोलाबारुदबाट नभई विचारकै माध्यमबाट समाजवाद स्थापनाको लक्ष्य पूरा गर्न सकिनेमा जोड दिँदै आगामी दिनमा एमालेलाई थप एकत्रित एवम् संगठित गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई थप सशक्त पार्नुपर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको योगदानको जगमा नेपालको कम्युनिस्ट आन्दोलन वर्तमानसम्म आइपुगेको बताए ।
उनले एमाले को नवौँ महाधिवेशनले पारित गरेको विचारलाई जनस्तरसम्म पुराउँदै कसैलाई पाखा र कसैलाई काखा नगरी पार्टीलाई एकताबद्ध रुपमा सङ्गठित गरी जस्तासुकै चुनौतीको पनि सामना गर्न सक्ने गरी पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद