म्याद थपबारे काङ्ग्रेसको असहमति, सरकारबाट बाहिरिने सङ्केत

१० जेष्ठ २०६९, बुधबार ०८:४२ मा प्रकाशित

काठमाडौ, १० जेठ । संविधानसभाको म्याद थप गर्ने सरकारको निर्णयप्रति नेपाली काङ्ग्रेसले असहमति जनाएको छ । पार्टीको असहमति हुँदाहुँदै म्यादका लागि अन्तरिम संविधान संशोधन विधेयक दर्ता गराएकोमा काङ्ग्रेसले विरोध गरेको छ । काङ्ग्रेसले सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाउन सक्ने सङ्केत गरेको छ । यसका लागि औपचारिक निर्णय गर्न आज काङ्ग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले  एकीकृत माओवादीले एकोहोरो जबर्जस्ती गरेकोले अब पार्टीका बस्नुको कुनै औचित्य नभएको बताउनुभयो । सरकारमा सहभागी पार्टीका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउनुपर्ने घिमिरेले बताउनुभयो । सभापति सुशील कोइरालाले भने हिजै राति पत्रकार सम्मेलन गरी म्याद थप बारे असहमति जनाउनुभएको थियो । स्वतन्त्र न्यायपालिकामा विश्वास राख्ने पार्टीले न्यायालयको निर्णय आइसकेको अवस्थामा म्याद थप्ने कुराले अदालतको निर्णयको अपहेलना हुने कोइरालाको तर्क छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।