आर्थिक अभावले मुक्तकमैया पुनः कमैया बसे

७ श्रावण २०७१, बुधबार १९:०३ मा प्रकाशित

कञ्चनपुर, ७ साउन । आर्थिक अभावले परिवारको खर्च चलाउन असहज हुन थालेपछि कञ्चनपुरको कृष्णपुर किचाइका मुक्तकमैया पुनः कमैया बसेका छन् ।
गाउँकै साहुका घरमा ज्यालाबापत अन्न र केही रकम पाउने गरी छ जनाभन्दा बढी मुक्तकमैया पुनः कमैया बसेका हुन् । सरकारले पुनःस्थापना गराउँदा प्रदान गरेको जग्गामा झोपडी बनाउनै ठीक्क भएपछि साँझ बिहानको छाक टार्नका लागि मुक्ति पछि पनि कमैया बस्नु बाध्यता रहेको कमैया अगुवा राधेश्याम रानाले बताए ।

‘पुनःस्थापनपछि सरकाले उपलब्ध गराउने भनेको सीपमूलक तालिम, रोजगारी र ऋण उपलब्ध नगराउँदा आर्थिक अवस्था नाजुक भएका शिविरका व्यक्तिहरु बाध्यताले पुनः कमैया बस्न थालेका हुन्,’ उनले भने ।

किचाइ शिविरका मात्रै चार जना स्थानीय छ महिनाअघिदेखि साहुकहाँ पुनः कमैया बसेर कार्य गर्दै आएको स्थानीय रामचन्द्री चौधरीले बताइन् ।

‘शिविर नजिकै बजार नहुँदा मजदुरी पाइँदैन, परिवारको साँझ बिहानको छाक टार्नकै लागि पनि कमैया बस्नुबाहेक न्यून आयस्तर भएका व्यक्तिका लागि अर्को विकल्प पनि त छैन,’ स्थानीय माया चौधरीले भनिन् ।

आर्थिक अवस्थामा कमजोर भएकै कारण अधिकांश मुक्तकमैयाले बालबालिकालाई समेत पढ्ने उमेरमा भारतमा मजदुरी गर्न पठाउने गरेका छन् । शिविरका ४० भन्दा बढी बालबालिका कलिलो उमेरमै भारतमा निर्माण मजदुरका रुपमा कार्यरत रहेका छन् ।

सरकारले कमैयामुक्तिको घोषणा गरेको वर्षौं बितेपनि जीवन धान्नका लागि जीवन निर्वाहमुखी कार्यक्रम सञ्चालन नगर्दा मुक्तकमैयको जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै जानकी चौधरीले भनिन्, ‘कमैया बस्नु गैरकानुनी भए पनि बाध्यता र जनचेतनाको अभावले कमैया बस्ने कार्य भइरहेको छ ।’

पुनः कमैया बस्ने कार्यलाई निरुत्साहित गर्नका लागि मुक्तकमैयाको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम ल्याउनै पर्ने उनले उल्लेख गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो