संविधानको तेह्रौँ संशोधन विधेयक दर्ता

१० जेष्ठ २०६९, बुधबार ०८:४१ मा प्रकाशित

काठमाडौ, १० जेठ । सरकारले संविधानसभाको समयावधि तीन महिना थप गर्न अन्तरिम संविधान, २०६३ को तेह्रौँ संशोधनका लागि व्यवस्थापिका–संसदमा विधेयक दर्ता गराएको छ । शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र संविधान निर्माणका सम्बन्धमा उठेका विवादित विषयहरू दलीय सहमति भई उल्लेख्य उपलब्धि हासिल गरिसकेको भएता पनि संविधान निर्माणको केही विषय टुङ्गोमा पु¥याउन बाँकी रहेको र संविधानसभाको कार्यकाल समाप्त हुन लागेकाले संविधानसभाको कार्यकाल केही समय थप गर्नुपरेको जनाउँदै म्याद थपका लागि विधेयक दर्ता गराइएको सरकारको भनाइ छ । उपप्रधानमन्त्री एवम् कानुन तथा न्यायमन्त्री कृष्णप्रसाद सिटौलाका तर्फबाट मन्त्रालयका उपसचिव वासुदेव न्यौपानेले व्यवस्थापिका–संसद सचिवालयमा हिजो राति ८ बजे संविधान संशोधन विधेयक दर्ता गराउनुभएको हो । यसअघि मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले संविधानको तेह्रौँ संशोधन विधेयक व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । यो संशोधन सँगसँगै संविधानसभाको कार्यकाल अब चार वर्ष तीन महिना कायम हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई