राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन भइसकेः पौडेल

७ श्रावण २०७१, बुधबार १२:१२ मा प्रकाशित

विराटनगर, ७ साउन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपति र उपराष्ट्रपति संसदबाट एक किसिमले अनुमोदन भइसकेको दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले राष्ट्रपतिले संसदमा सम्बोधन गरिसकेकाले यो आफैँमा एक किसिमको अनुमोदन भएको बताए । ‘अब यो विषयमा विवाद उठाउनुको कुनै अर्थ छैन,’ पौडेलले भने ।
यद्यपि, अनुमोदनका विषयमा दलहरूसँग आवश्यक परे छलफल गर्न तयार रहेको उपसभापति पौडेलले बताए ।
त्यसै गरी पौडेलले सरकारको कामकारबाहीबाट पार्टी सन्तुष्ट रहेको बताएका छन् । उनले सरकारले नियमित रूपमा कार्य गरिरहेको बताए । उनले सरकारले चाँडै २६ सभासद् मनोनीत र राजदूतको नियुक्ति गर्ने जानकारी दिए ।
‘अब बन्ने संविधान समावेशी एवम् लोकतान्त्रिक हुन्छ,’ उपसभापति पौडेलले भने, ‘नयाँ संविधानमा सातदेखि आठ प्रदेश निर्माण गर्न पार्टीले सुझाव दिए छ ।’
उनले भावनामा बगेर प्रदेशको निर्माण गर्नु नहुने दोहराए । ‘जनताका सुविधा, क्षमता तथा विकासको सहजतालाई बुझेर प्रदेश निर्माण गर्नुपर्छ,’ उनले भने ।
उनले सरकारद्वारा सार्वजनिक गरिएको यस आर्थिक वर्षका बजेट समावेशी रहेको बताए । उनले किसानको जीवनस्तर उकास्न विभिन्न कार्यक्रमका साथ कृषिमा ६ प्रतिशतभन्दा बढी ब्याज नलिने निर्णयले किसान उत्साहित भएको बताए ।
नेता पौडेलले तोकिएको समयमा संविधान निर्माणका लागि विभिन्न राजनीतिक पार्टीभित्र आन्तरिक छलफल गरी सहमतिको बिन्दु पत्तो लगाई निर्धारित कार्यतालिकाभित्र बसेर संविधान निर्माणको काम भइरहेको उल्लेख गरे ।
उपसभापति पौडेलले बिपीको जन्म शताब्दीको अवसरमा बिपी विचार यात्रा शुभारम्भ भइसकेको उल्लेख गरे । उनले कोइराला पक्राउ परेको स्थल विराटनगरको जुटमिलबाट पूर्वको विभिन्न जिल्लाहुँदै काठमाडौं लगेको बाटोमा विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ