बाढीले दुई सय बिघामा नोक्सानी

६ श्रावण २०७१, मंगलवार १८:२० मा प्रकाशित

कञ्चनपुर, ६ साउन । चार दिनदेखिको लगातारको वर्षाका कारण महाकालीसहितका नदी र खोलामा आएको बाढीले कञ्चनपुरका झन्डै ३ सय भन्दा बढी कृषकले लगाएको धानबालीमा नोक्सानी पु¥याएको छ ।
कृषि विकास कार्यालय कञ्चनपुरले सङकलन गरेको तथ्याङ्कअनुसार दैजी र भीमदत्तनगरपालिका क्षेत्रमा मात्रै २ सय बिघा खेतमा बाढीको पानीले बालुवा थुपारेको र नदीले कटान गरी ३० बिघा खेत बगरमा परिणत गरेको छ ।
सङ्कलित तथ्याङ्कअनुसार भीमदत्तनगरपालिकाको हल्दुखालमा २५ बिघा, मटैनामा चार बिघा, ब्रह्मदेवमा तीन बिघा, पिपरैयामा दुई बिघा, बाराकुण्डामा आठ बिघा, तिलकपुरमा आठ बिघा, उल्टाखाममा चार बिघा र दैजीको सार्की टोलका कृषकको चार बिघा धान रोपेको खेत बालुवाले पुरेको छ ।
तर बाढीको डुबानमा परेको दक्षिणी क्षेत्रका कृषकले लगाएको धान बालीमा भने खासै असर नपरेको कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले बताए ।
चुरे क्षेत्रका कृषकले चुरे क्षेत्र भएर बग्ने खहरे खोलाले बगार ल्याउने बालुवा ढुङ्गाले उब्जाउ जमिनलाई बन्जरमा परिणत गर्दै गएकाले यी खोलामा बाढी रोकथामका लागि भरपर्दो व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै