मह उत्पादक कृषकमा लगानी गरिने

६ श्रावण २०७१, मंगलवार १७:४७ मा प्रकाशित

काठमाडौं, ६ साउन । नेपाल महमा समेत परनिर्भर भएपछि सरकारले निजी क्षेत्रका उद्यमीहरूलाई मह उत्पादनमा लगानी गर्न आह्वान गरेको छ ।
नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब ६० करोडको मह आयात गर्दै आएको नेपाल केन्द्रीय मह व्यवसायी सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठले बताए ।
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मह उत्पादनमा निजी क्षेत्रको प्रस्ताव आए छ प्रतिशत ब्याजमा लगानी गर्न सरकार इच्छुक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कृषि उत्पादनमा सरकारको कर नीति स्पष्ट भए निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न सकिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार