एमाले अध्यक्ष ओली सिङ्गापुर प्रस्थान

६ श्रावण २०७१, मंगलवार १७:३८ मा प्रकाशित

काठमाडौं, ६ साउन । एमालेका अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।
अध्यक्ष ओली आज दिउँसो पौने दुई बजेको थाई एयरको उडानबाट थाइल्यान्डको बैंकक हुँदै सिङ्गापुर प्रस्थान गरेका हुन् ।
एमाले केन्द्रीय सदस्य राजन भट्टराईले चिकित्सकको परामर्शमा सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा अध्यक्ष ओलीको उपचार हुने बताए । अस्पतालका चिकित्सकले बुधबारका लागि समय दिएकाले हतारहतार भ्रमणको कार्यक्रम तय गरिएको उनले बताए ।
उपचारका लागि करिब एक साता लाग्ने अनुमान गरिएको छ । सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले ओली थप उपचार गराउन गएका हुन् । डा. भट्टराईले ओलीलाई अन्य समस्या नभएको जनाए ।
ओलीका साथ उनकी श्रीमती राधिका शाक्य र सहयोगी राजेश बज्राचार्य गएका छ ।
एमालेको जिम्मेवारी गौतमलाई
अध्यक्ष ओलीले आफ्नो कार्यभार उपाध्यक्ष वामदेव गौतमलाई सुम्पेका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीमा गौतम वरिष्ठतम् उपाध्यक्ष भएकाले विगतको परम्पराअनुसार गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको एमाले नेता केशव बडालले बताए ।
एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादाक्रम तोक्ने विषयमा यही साउन २५ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्