बाल्टिमोरमा अमेरिका नेपाल व्यवसायी संघको सम्मेलन सम्पन्न

१० जेष्ठ २०६९, बुधबार ०३:५० मा प्रकाशित

बाल्टिमोर, अमेरिका । अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ विषेश भेला अमेरिकाको बाल्टिमोरमा सम्पन्न भएको छ । अमेरिकाका लागी नेपाली महावाणिज्य दुत प्रेमराजा महतको प्रायोजनमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा राजदूतद्वय डा. शंकर शर्मा र ज्ञान चन्द्र आचार्यको सहभागिता थियो । अमेरिका नेपाल व्यवसायी संघका अध्यक्ष मोहन ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त भेलामा बिभिन्न स्टेटबाट आएका उक्त संघका प्रतिनिधी सहित स्थानिय स्तरका व्यवसायी, व्यापारीको ठूलो सहभागिता थियो ।
भेलामा उक्त भेलाको सफलताको कामना गर्दै प्रधानमन्त्री डा।बाबुराम भट्टराईले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । उक्त शुभकामनामा प्रधानमन्त्री भट्टराईले शान्ति र संविधान निर्माण गर्ने क्रममा हामी जुटेका छौ र यसले देशको मुहार फेर्ने छ, हामीले नेपालमा लगानिहरुको लागि फराकिलो दायरा र विश्वासिलो वातावरण बनाएका छौ । तपाईहरुलाई नेपालमा लगानिको लागि आव्हान गर्छु भन्दै उक्त भेलाको सफलताका शुभकामना दिनुभएको थियो ।

उक्त भेलालाई संवोधन गर्दै संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधी महामहिम राजदुत ज्ञानचन्द्र आचार्यले यो भेला अत्यन्त ऐतिहासिक भएको । यहाँ नेपालीको संख्या दिनदिनै बढ्दै गएको छ । अहिले यहां नेपालीहरुले हरेक तहमा व्यवसाय संञ्चालन गरेर आफ्नो योगदान दिन सुरुवात गर्नुभएको छ । हामी जसरी छरिएर पेशा गरेका छौ त्यसरी संगठीत भएनौ भने तपाईहरुको हक अधिकारको सुनिश्चित हुन्न त्यसैले अहिले यो संघले जुन काम गरेको छ अमेरिकामा त्यो अत्यन्त प्रशंसा योग्य छ । यस संस्थाको उद्देश्य र प्रकृति नै अत्यन्त राम्रो रहेको हुनाले न्यूयोर्क स्थित नियोग र डि.सि स्थित दुतावासले मिलेर गर्नुपर्ने सहयोग गर्ने बताए ।
त्यसै गरि कार्यक्रमलाई संम्वोधन गर्दै प्रमुख अतिथी महामहिम राजदुत डा.शंकर शर्माले म नवगठित संघको सफलता र उत्तरोतर प्रगतिको लागि हार्दिक धन्यवाद दिन चाहान्छु भन्दै भने ’यस संस्थाले पहिला नेपाली व्यवसायीले अमेरिकन सरकारलाई के फइदा दिएका छन् त्यसको तथ्यांक ल्याउनुपर्छ । नेपाली व्यवसायी ,व्यापारीले कति लगानी गरेका छन्, कति रोजगारी दिएका छन् र यो देशले नेपाली व्यपारीबाट कति फाइदा पाएको छ भन्ने कुरा प्रकाशमा आएपछि हामीले यहाको सरकार संग तपाईहरुको हकहितका लागि आवश्यक लबी गर्न सक्छौ । तपाइहरुले आगामि योजना प्रष्ट रुपमा ल्याउनुस । जहाँसम्म तपाईहरुका समस्या छन तिनीहरुलाई बुदागत गरेर ल्याउनुभयो भने हामी अमेरिकन सरकार संग कुरा गर्न सक्दछौ ।’
कार्यक्रममा महावाणिज्य दुत प्रेम राजा महतले भने ‘संघ स्थापनाको काल देखि सक्रिय रहेको छु । म महावाणिज्य दुत भएकाले यहांका नेपाली व्यापारी, व्यवसायीलाई परेको मर्काको, उनीहरुको हकहितका बारेमा सहयोग गर्नु मेरो कर्तव्य हो र उहांहरुले जसरी संस्थाको निर्माण गर्नु भयो त्यसले म अत्यन्त हर्षित छु । त्यसैले आज यो कार्यक्रमको प्रायोजन मैले गरेको छु । अमेरिकामा नेपाली व्यापारीको अवस्थाको तथ्यांक संकलन गर्ने , नेपालमा सरकार संग समन्वय गर्ने र अमेरिका नेपालमा व्यापारको प्रवर्धन गर्नमा मेरो तर्फबाट हरेक कदममा यो संस्थालाई सहयोग हुने छ ।’

भेलालाई संवोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले “आज नेपाल चेम्बर अफ कमर्शको स्थापना भएको करिब ६० वर्ष भएको र यसले यस अगाडी अमेरिका नेपाल व्यवसायी संघ संग गरेको दुइ पक्षिय सम्झौताले अमेरिका र नेपाली व्यापारीहरुका लागी नयां आयाम थपेको बताए ।
सम्मेलनलाई सम्वोधन गर्दै उक्त संघका उपाध्यक्ष सानुबाबु सिलवालले संघको उद्देश्य माथि प्रकाश पार्दै सारा अमेरिकामा रहेका नेपाली व्यापारीहरुको हकहितका लागि यो संस्था गठन भएको र यसले सम्पूर्ण व्यापारी,व्यवसायीलाई एकजुट बनाउने छ । यहां नेपालीले गरेको लगानिको लेखाजोखा गर्ने छ र यसले संगठित हावाज राखेर व्यापारीको हकहितको लागी आवाज बताए ।

त्यसै गरि सम्मेलनमा संघका केन्द्रिय सदस्य वेद प्रसाद खरेलले उक्त संघ अमेरिका २७ स्टेटमा पुगि सकेको झण्डै २५० देखी ३०० व्यापारीहरुले आवद्घता जनाइसकेका,संस्थाको विधान बनाउने कार्य सम्पन्न भइसकेको छ भन्दै भने केही दिन भित्र सदस्यता वितरणको कार्य शुरु हुन्छ, हरेक व्यवसायी सदस्यता वापत ४१०० तिनुपर्ने छ र ६ महिना देखि १ वर्ष भित्र संस्थाको महाधिवेशन सम्पन्न हुने छ ।

भेलालाई संवोधन गर्दै संघको केन्द्रिय सदस्य धर्म भट्टराइ (मिचिगन) ले अव जारी हुने संविधानमा एनआरएनहरुका लागी दोहोरो नागरिताको ग्यारेन्टि गरियोस भन्दै देशमा अवस्था राम्रो भएमा थुप्रै अमेरिकन नेपालीहरु आफ्नो कमाइ नेपालमा लगानी गर्न तयार रहेका छन् भन्दै त्यसका लागी यो संघले अब महत्वपूर्ण भूमिका खेल्नुपर्ने मा जोड दिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष मोहन ज्ञवलीले “यो व्यापार,व्यवसायी संघ एक दुइ दिनको पहलमा जन्मिएको होइन यो त वर्षौ दिन सम्मको छलफल, अन्तरक्रिया, मिटिङ्ग गरेर जन्मिएको हो हाम्रो व्यापारमा लामो समय अनुभव छ अव हामी कसरी अगाडि बढ्ने भन्नेकुरा चिन्ताको विषय भएको बताए ।

संघका सचिव प्रकाश थापाले संचालन गर्नुभएको उक्त सम्मेलनमा वाल्टिमोर नेपलिज एसोसिएसनका अध्यक्ष विजय श्रेष्ठले उपस्थित अतिथी ,प्रमुख अतिथीहरुलाई खादा ओढाइ स्वागत गरेका थिए भने गणेश मलेखुले फुल गुच्छा प्रदान गरी कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न