पर्सामा ज्वरो र कमलपित्तका बिरामी बढे

६ श्रावण २०७१, मंगलवार १८:२६ मा प्रकाशित

वीरगन्ज, ६ साउन । बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।
कमलपित्त रोगको शङ्कामा साउनको पहिलो सातामा उपचारका लागि अस्पताल आएकामध्ये झन्डै ४० जना रोगीलाई कमलपित्त लागेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामाशङ्कर ठाकुरले डरलाग्दो किसिमले वृद्धि हुँदै गएको यस्तो रोग लागेको शङ्का हुने बित्तिकै हरेकले चिकित्सकसँग आवश्यक सल्लाह र परामर्श लिनुपर्ने सुझाव दिए ।
‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीमात्र होइन, यससँगै झाडापखाला, पेट दुख्ने र ज्वरोको उपचारका लागि अस्पताल आउने बिरामीको चापमा समेत वृद्धि भएको डा. ठाकुरले बताए ।
बारा, पर्सा, रौतहट र सर्लाहीका साथै नजिकका भारतीय जिल्लाबाट समेत उपचारका लागि यस अस्पतालमा बिरामी आउने गरेका छन् ।
यस उपक्षेत्रीय अस्पतालमा २०० शय्या र अस्पताल व्यवस्थापन समितिबाट १०० शय्या गरी कुल ३०० शय्या सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया

काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत

म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश