पहिरोका कारण सात गाविसमा सास्ती

६ श्रावण २०७१, मंगलवार १७:२५ मा प्रकाशित

गोरखा, ६ साउन । गोरखाको लार्के पासमा पर्ने पर्यटकीय मार्ग खोर्लावेसी चिउरी भीरमा गएको पहिरोका कारण उत्तरी गोरखा, छेकम्पार, सामागाउँ, सिर्दीवास, चुम्चेत, ल्हो र प्रोक जाने मानिसलाई आवतजावतमा सास्ती भएको छ ।
तीन दिनअघि गएको पहिरोका कारण स्थानीय जनतालाई आउजाउमा समस्या भएको स्थानीय तुलसी गुरुङले जानकारी दिए ।
बाटोमा पहिरो गएपछि गण्डकी तर्नुपर्ने बाध्यता आइलागेको छ । गण्डकीमा बाढी आएका कारण तर्न सक्ने अवस्था छैन । १० मिटर चौडा बाटोमा गण्डकी नदीसम्म पहिरो गएको सूर्य गुरुङले बताए ।
चिउरी भीर गुम्दा र उहिया गाविसको बीचमा पर्दछ । बाटो नभएपछि यहाँका मानिसले हिँड्न पाएका छैनन् । सामान बोकेर जाने खच्चड हप्तादिनदेखि माथि नगएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने