‘नेपाल–भारत उर्जा सम्झौता’ राष्ट्रघाति

६ श्रावण २०७१, मंगलवार १७:२१ मा प्रकाशित

काठमाडौं, ६ साउन । एमाओवादी सहितका पाँच पार्टीको कार्यगत एकता समितिले प्रस्तावित ‘नेपाल–भारत उर्जा सम्झौता’ नेपाका सार्वभौमिकतामाथिको हस्तक्षेप र राष्ट्रघाती भएको निर्णय गर्दै त्यसको विरोधमा संघर्षका कार्यक्रममा गर्ने निर्णग गरेको छ ।
समितिका हालका अध्यक्ष मणि थापाको अध्यक्षतामा आज बुद्धनगरमा बसेको बैठकले उक्त निर्णाय गरेको हो ।
निर्णयको एक नंं बुँदामा भनिएको छ, ‘प्रस्तावित नेपाल–भारत उर्जा सम्झौता नेपालको सार्वभौमसत्ता माथिको गम्भिर     हस्तक्षप हो । उर्जा, जल लगाएत अन्य राष्ट्रिय हितहरुमा एकाधिकार कायम गर्ने उद्देश्यबाट प्रस्ताव निर्देशित रहेको बैठकले ठहर गरेको छ ।’
बैठकमा उपस्थित नेकपा–माओवादी सचिव देव गुरुङले भने, ‘यो उर्जा सम्झौताको नाममा आएको प्रस्तावले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ । माथिल्लो कर्णाली लगायतका विवादित परियोजनाहरुलाई सरकारले एकलौटी रुपमा भारतलाई हस्तन्तरण गर्न लागेकाले हामी संघर्षमा जानु पर्ने बेला आएको छ ।’
बैठकले नेपाल–भारत उर्जा सम्झौता सम्बन्धमा काठमाडौंमा वृहत्तर अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च