जनसम्पर्क समिति कतारको राजदूत डा.माया कुमारी शर्मासँग भेट

१० जेष्ठ २०६९, बुधबार ०३:४५ मा प्रकाशित

करीम बख्श मियाँ, कतार । नेपाली जनसम्पर्क समिति कतारको डेलिगेशन समुहले कतारका लागि राजदूत महामहिम डा.माया कुमारी शर्मासँग भेट गरेका छ । भेटका अवसरमा कतारमा नेपाली कामदारका विविध समस्या बारे अन्तरक्रिया तथा छलफल गरी नियोग र समुदाय मिलेर अगाडी बढ्ने भेटकर्ताहरुले सुझाव दिएका छन ।
नेपाली कामदार र नियोगको सम्वन्ध र समस्या समाधानको लागि जनसम्पर्क समितिका सभापति बिमल सुवेदी र महामन्त्री द्वारा हस्ताक्षरित सुझाव प्रेतिवेदन नव नियुक्त राजदुत शर्मालाई बुझाएका थिए ।
उक्त भेटमा जनसम्पर्क समितिका संरक्षक नरेन्द्र भाट,सभापति बिमल सुवेदी,उपसभापति भूपति भट्टराई,महामन्त्री करीम बख्श मियाँ,महासमिति सदस्य युवराज पाठक,केन्द्रीय सदस्यहरु- नुर हसन मिकरानी,अजिल अली,टंक भट्टराई,शंकर न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
महामहिम राजदूत
डा. माया कुमारी शर्मा ज्यु,
नेपाली दूताबासको कार्यालय,
दोहा,कतार ।
सर्व-प्रथम महामहीम ज्युको कतार आगमन र यहाँको सफल कार्यकालको कामना गर्दै हार्दिक स्वागत सत्कार गर्न चाहन्छौं।
कतारमा नेपाली दूताबासको स्थापना पश्चात महामहिम ज्युको कार्यकाल तेस्रो भएको परिप्रेक्षमा तत्कालिन महामहिमज्यु र उहाँहरुको कार्यकालमा गरिए/खेलिएका राम्रा भूमिकालाई आत्मासात गर्दा कतारमा कार्यरत नेपाली श्रमिकहरुको पक्षमा अँझ सशक्त रुपमा महामहिम ज्युको कार्यकाल रहने छ भन्नेमा हामी आशावादी छौं।
नेपाली समुदाय वैदेसिक रोजगारीको सिलसिलामा खाडी विशेस गरी कतार जस्तो सानो,तर सम्भावनाको यथेष्ट आधार भएको मुलुकमा आउने क्रम त्यति पुरानो नभएपनि हामी यो मान्यता राख्दछौं कि नेपाली कामदार प्रदेशमा रोजगारको सिलसिलामा आउने क्रम हाम्रो देशको राजनैतिक तरलतासँग प्रत्येक्ष सरोकार राख्दछ। त्यसैले दिर्घकालिन रुपमा वैदेसिक रोजगार र त्यसको व्यबस्थापनमा मात्र सोच्नु भन्दा हामी सबैको पहिलो कर्तव्य कसरी भविष्यमा स्वरोजगारको पक्षमा वातावरण निर्माण गर्न सकिन्छ? कसरी विदेशमा आर्जेका सिप-कलालाई हाम्रै देशभित्र उचित व्यबस्थापन गरी राष्ट्रको आर्थिक उन्नतिमा कदम बढाउन सकिन्छ भन्नेमा हामी सबैको सोच जानु पर्दछ तसैले नियोग, समुदाय र आम नेपालीहरु मिलेर यता नै बढी ध्यान केन्द्रित गर्नु पर्दछ भन्ने तर्फ हामी सकारात्मक छौं।
वर्तमान परिप्रेक्षको आधारमा मान्ने हो भने राष्ट्रलाई अझैं केहि समय राजनैतिक स्थिरताको लागि संक्रमित हुनुपर्ने देखिएको छ । त्यसैले अहिलेको अवस्थामा हामीले कसरी वैदेसिक रोजगार र त्यसका समस्यालाई सशक्त रुपमा र व्यवस्थित गर्न सक्दछौं भन्ने बारेमा नै सोच्नु उपयुक्त हुन्छ।
वैदेसिक रोजगारमा आउने नेपाली कामदारहरुको पक्षमा हिंजोका दिनहरुमा क्रमिक रुपमा सुधार हुँदैगर्दा यहाँ धरै समस्याहरु अहिलेपनि ज्युँकात्यूँ छन । तसर्थ खासगरी रोजगारको मुख्य गन्तव्य मानिएको कतार मुलुकमा नेपाली नियोगको दायित्व केवल नेपाली कामदारको समस्या र व्यबस्थापन मात्र होइन राष्ट्रको प्रगति र उन्नतिको दिशामा कुटनैतिक सम्वन्धमा बिकास लगायत मित्रवत सम्वन्धका इलावा आर्थिक,सामाजिक रुपान्तरण र पर्यटन तथा कृषीमा धेरै गर्नु पर्ने देखिएको छ,तर यसका लागि राज्यले नियोगलाई व्यबस्थित रुपमा सुचारु गर्न आवस्यक कर्मचारी-यन्त्र प्रवाह गर्नसकी रहेको छैन । जसले गर्दा नियोगको कर्तव्य र दायित्व प्रभावित बनेको कुरामा हामी सचेत छौं र पटक-पटक हामीले कर्मचारी पर्याप्त हुने वातावरण बनाई दिन नेपाल सरकार र सरोकारवालाहरुसँग यसबारे आवाज प्रेषित पनि गरि रहेका छौं।
महामिम ज्यु,
हामी आशावादी छौं यहाँको कार्यकालमा विविध समस्याका वावजुदपनि नेपाली कामदार र तिनको व्यबस्थापन एवं दुई राष्ट्र बिचको सुमधुर सम्वन्धमा अँझ बढी क्रियाशीलता प्रदान हुने छ। कतार र नेपाल विच मानव संसाधनको आयात निर्यात मात्र नभई व्यापारिक,कृषी तथा पर्यटन बिकासमा समेत कतार र यहाँका व्यापारीहरुले हाम्रो राष्ट्रमा लगानी गर्न सक्ने वातावरणको बिकास गर्न यहाँले अहोरात खटिनु हुने छ भन्नेमा हामी ढुक्क छौं र यसका लागि हाम्रो संगठन गुण र दोषको आधारमा हमेशा नियोगको पक्षमा समकक्षी बनेर उभिने छ भन्ने वचन समेत दिन चाहन्छौं
नेपाली दुताबास कतार र नेपाली समुदाय र खागरी नेपाली श्रमिकका समस्या न्युनिकरणमा नियोग तथा महामहिमराजदुत ज्युलाई हामी देहाय वुंदाहरु प्रस्ताव गर्न चाहन्छौं-

१ पिडित नेपाली कामदारको वैकल्पिक संरक्षणको लागि नियोगमा खोलिएको सेल्टर हाउसलाई निरन्तरता दिनु उत्तम हुनेछ।
२ नियोगमा देखिएको कर्मचारी अभावलाई मध्यनजर गरी नियोगले कतारमा स्थापित संघ-संस्थाहरुलाई सदुपयोग गरी हाम्रा कामदारहरु र तिनको समस्या समाधानमा पहल गर्नको लागि सहकार्य समुह गठन गरी पिडितका समस्या र न्युनिकरणमा सहयोग गर्न सकिन्छ।
३ समय र महंगाईलाई ध्यानमा राखी महामहिम ज्युले नेपाली कामदारको न्युनतम तलव मापन १२०० हुनु पर्नेलाई कायम गर्न पहल गर्नु आवस्यक छ।
४ घरेलु कामदारका रुपमा कतारमा आउने महिला कामदारको हकमा भरसक निरुत्साहित गर्ने दिशामा नियोग र समुदायको आपसी सहकार्य हुने गरी जनचेतना अभियान संचालन गर्ने, घरेलु कामदारका रुपमा आउने र आएका महिला कामदारलाई सुरक्षित र मर्यादित बनाउन तत्कालिन महामहिम राजदुत डा.सुर्यनाथ मिश्रको कार्यकालमा प्रस्ताव गरेको मापदण्डलाई लागु गर्न पहल गर्ने।
५ भिसा तथा करार-पत्र अध्यावधी तथा प्रमाणिकरण अत्यावस्यक भएपनि त्यसमा अहिलेपनि धेरै प्राविधिक कठिनाईहरु देखिएका छन,जसलाई सहज र व्यबस्थित गर्न ‘फर्स्ट कम फर्स्ट सर्भ’को नीतिलाई व्यबहारिक बनाउन विशेस इलेक्ट्रो कुपन प्रक्रिया’बाट काम र कर्तव्यलाई निर्वाह गर्न सिस्टम बनाउनु आवस्यक छ ।
६ बिभिन्न कम्पनीबाट ठगिने पिडित नेपालीहरुको प्रारम्भिक समस्यालाई भरसक दुताबासबाटै समाधान गर्न विशेस प्रक्रिया अपनाउन उपर्युक्त वुँदा (२) माथि महामहिम ज्यु तथा नियोगले विचार पुर्याउन हामी हार्दिक अपिल गर्दछौं।
(स्पष्टिकरण- विभिन्न कम्पनीबाट फरक-फरक शिर्षकमा ठगिएका नेपालीहरुको समस्या जस्तै कम्पनीले समयमा तलब नदिने, करार अवधी सकिएपछि स्वदेस फिर्ता गर्न आनाकानी गर्ने, एउटा काम भनेर अर्को काममा लगाउने,बस्न खानको समस्या लगयातका समस्यालाई दुताबासले संयन्त्र बनाएर दुताबास बाटै सहज तरीकाले समधान गर्न सक्छ,तर कर्मचारी अभावका कारण दुताबासले यदाकदा सिधै लेबर कोर्ट पठाईदिंदा भाषाको समस्या लगायतका धेरै कारण पिडित नेपालीलाई कालान्तरमा ठुलै समस्या परेको हामीले पाएका छौं।
कम्पनीहरुपनि भरसक लेबरकोर्टको चक्कर लगाउन चाहंदैनन विचको बाटोबाट समस्या समाधान हुने अवस्था हुन्छ भने त्यसलाई व्याबहारिक रुपमा नियोगले व्यबस्था गर्नलाई उपर्युक वुँदा(६)माथि विचार गरियोस । वुँदा(२) र वुँदा(६) अनुरुप नियोग र नेपाली समुदायविच एउटा सहकार्य समूह बन्न सम्भव हुन्छ भने कम्तीमा समस्या न्युनिकरणको लागि नेपाली समुदायले स्वयसेवकको रुपमा नेपाली हरुको समस्या समाधानमा भूमिका खेल्ने वातावरण बन्न सक्छ, जसले नियोगमा कर्मचारी अभाव भन्दै हामी कुर्ली रहने अनि सहयोग भन्दै नेपाली समुदायले अस्थायी कर्मचारी व्यबस्था गरी रहने झन्झटबाट मुक्त हुन्छ ।)
७ रोजगारको सिसिलामा आएका नेपालीहरु यहाँको कानुनी मान्यता र सामाजिक संस्कार भन्दा बाहिर गएर केही असामाजिक कार्य जस्तै:- लंगुर-बुर्जा,घरेलु मदीरा कारोबार जस्ता अवैधानिक कार्यमा लिप्त भएको अवस्थामा त्यसको समाधानको लागि यहाँ स्थापित संघ संस्थाहरुले प्रत्यक्ष केही गर्न सक्ने अवस्था छैन,तर नियोगले आफ्नो अधिनमा रहने गरी यहाँ स्थित संघ संस्थाहरु संग परामर्श गरी सम्भव भएसम्म यस्ता कु-रीतिको अन्त्यका लागि कतारको सम्वन्धित प्रशासनसंग सहकार्य हुने गरी सामुदायिक समूह बनाएर अभियान चलाउन सकिने छ।
८ नेपाली समुदाय पिडित नेपालीहरुको समस्या र तिनको न्युनिकरणको मामिलामा आर्थिक रुपमा दोहोरो मारमा परेका छ, नियोगमा कर्मचारी राख्ने र पिडित नेपालीहरुलाई आर्थिक सहयोग गर्ने दुवै कुरालाई संस्थागत गरी व्यबस्था गर्न पहिलो- राज्यसँग नै कर्मचारी माग गर्न नियोगले प्रक्रिया अघी बढाउनु पर्दछ, दोस्रो- पिडित नेपालीलाई आर्थिक सहयोग दिने वातावरण बनाउन नियोगको संरक्षणमा समुदाय र नियोग मिलेर ‘राहत कोष’ बनाउन सकिन्छ।

अन्तमा हामीलाई आशा र बिस्वास छ नियोग प्रमुखका हैसियतले महामहिम राजदुत ज्युको कार्यकाल अत्यन्त सफल र स्मरणयोग्य रहने छ। नेपाली समुदाय र नियोगको आपसी परामर्श र सहकार्यमा यहाँका सबै खाले समस्यालाई न्युनिकरण तथा समाधानमा निरन्तर पहल कदमी हुने छ भन्ने विस्वासका साथ हाम्रो संगठन नेपाली जनसम्पर्क समिति नियोगको साथमा रहेर बढ्न आतुर रहेको बिस्वास दिलाउन चाहन्छौं।
जय नेपाल

नेपाली जनसम्पर्क समिति कतार

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा