मेलबर्नमा एड्सको उपचार खोजिदै

६ श्रावण २०७१, मंगलवार १२:५७ मा प्रकाशित

मेलबर्न, ६ साउन । अष्ट्रेलियाको मेलबर्न सहरमा यतिखेर विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआइभी एड्सको उपचारको खोजी गरिँदैछ ।
विश्व एचआइभी एड्स सम्मेलनको क्रममा अष्ट्रेलियाको मेलबर्नमा जम्मा भएका यस क्षेत्रका विशेषज्ञ एवम् वैज्ञानिकहरुले यस संक्रमणको औषधिका बारेमा परामर्श गरिरहेका छन् ।
हाल प्रचलनमा रहेको यस सङ्क्रमणको औषधिले रोग निको हुन नसक्ने भएकोले यस रोगको उपचारको खोजी विश्वव्यापी रुपमा जारी नै छ । यस पटकको विश्व एचआइभी एड्स सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवम् परामर्श भएको हो ।
वैज्ञानिकहरुले केही समय पहिला छ जना एचआएभी संक्रमितहरुमा गरिएको परीक्षणबाट उपचारमा केही सफलता हातलाग्ने देखिएको सो सम्मेलनमा बताएका छन् ।
यस परीक्षण र यसको उपचार विधिलाई ‘किक एन्ड किल’ नाम दिइएको छ । वैज्ञानिकहरुले यस विधिका लागि पनि यसअघि देखि संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टीरेक्टोभाइरलकै सहारा लिइने बताएका छन् ।
सो औषधिको माध्यमबाट एचआइभी भाइरललाई विरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिने छ ।
तर त्यो थेरापी केही महँगो र जटिल प्रकारको हुने वैैज्ञानिकहरुको भनाई छ । उनीहरुले यस थेरापी दिनहूँ गर्नुपर्ने र झन्झिटिलो भएको भने स्वीकारेका छन् ।
सो थेरापी रोकेपछि भने एचआइभीका किटाणुहरु पुनः सक्रिय हुने र उनीहरुले थेरापी रोेकेको दुई हप्तापछिदेखि नै विरामीलाई आक्रमण सुरु गर्नसक्ने पनि सो परीक्षणले देखाएको छ ।
वैज्ञानिकहरुले सो औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर रुपमा गरिरहेका छन् । उनीहरुको यो परीक्षण साइड इफेक्ट गर्नसक्ने प्रकारको भएको पनि उनीहरुकै अनुसन्धानबाट देखिएको छ ।
एचआइभी एड्सलाई निको पार्ने औषधि अहिलेसम्म विश्वका कुनैपनि देशका वैज्ञानिकले पत्ता लगाउन सकिरहेका छैनन् ।
उनीहरुले पत्ता लगाएको एन्टीरेक्टो भाइरल नामको औषधिले यो संक्रमण निको पार्ने नभई सङ्क्रमितको आयु केही समयसम्म पर धकेल्नसक्ने छ ।
तर यही औषधिको प्रयोगपछि पनि सङ्क्रमितहरुको अवस्थामा परिवर्तन ल्याउन तथा यो रोगको संक्रमण दर घटाउन मद्दत पुगेको राष्ट्रसंघीय एड्स कार्यक्रमले जनाएको छ । – एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त