सप्तरीमा यौन दुर्व्यवहार गराउने पक्राउ

६ श्रावण २०७१, मंगलवार १२:१९ मा प्रकाशित

राजविराज, ६ साउन । एक १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गराउने कार्यमा संलग्न रहेको आरोपमा राजविराज–१० की ३५ वर्षीया बिनीता यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई आरोपितको संलग्नतामा राजविराज–९ का २९ वर्षीय नवीन देवसहितका पाँच/सातजना युवकले यौन दुव्र्यवहार गरेको आरोप छ ।
पीडितका काका दयाराम राउतले जिल्ला प्रहरी कार्यालयमा आरोपित यादव र देवलाई गिरफ्तार गरी घटनामा संलग्न अन्य अपरिचित आरोपितको पहिचान गरी कारबाही गर्न माग गर्दै सोमबार उजुरी दिएका थिए ।
बिरामी काकीका लागि औषधि किनेर घर फर्किरहेकी बालिकालाई आरोपितले सोमबार राति डर, धाक देखाई राजविराज–५ स्थित एक घरमा पु-याई हातपात गरेको पीडितले बताइन् ।
घटनाको विषयमा अनुसन्धान तथा अन्य आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।