इङल्याण्डमाथि भारतको ऐतिहासिक जीत

६ श्रावण २०७१, मंगलवार १२:१४ मा प्रकाशित

लर्डस्, ६ साउन । भारतले लर्डस्मा इङल्याण्डमाथि ऐतिहासिक जीत हासिल गरेको छ । २८ वर्षपछि लर्डस्मा टेस्ट जित्ने क्रममा भारतले इङल्याण्डलाई ९५ रनले हरायो ।
भारतलाई ऐतिहासिक टेस्ट जिताउने क्रममा इशान्त शर्माको भूमिका महत्वपूर्ण रह्यो । उनले दोस्रो इनिङग्समा ७४ रन खर्चिएर महत्वपूर्ण ७ विकेट लिदाँ इङल्याण्ड २ सय २३ रनमै समेटियो ।
यसअघि पहिलो इनिङग्स्मा भारतले २ सय ९५ रन बटुल्दा जवाफमा इङल्याण्डले ३ सय १९ रन फर्काएको थियो । दोस्रो इनिङग्स्मा ३ सय ४२ रन बटुल्दै बलियो अवस्थामा पुगेको भारतसामू इङल्याण्डको प्रदर्शन राम्रो रहेन ।
भ्रमणकारी टोली विरुद्ध जोय रुटले ६६ र मोइन अलिले ३९ रन बटुलेपनि अन्य ब्याटस्म्यान फितलो देखिए । कप्तान अलास्टिर कुक २२ रनमै समेटिएपछि भारत इङल्याण्ड विरुद्ध मनोवैज्ञानिक रुपमा हाबी देखिएको थियो ।
भारतबाट रविन्द्र जडेजा र महोमद्ध सामीले थप एक एक विकेट लिए । जीतसँगै भ्रमणकारी भारत ५ टेस्टको शृंखलामा १–० ले अघि रह्यो । यसअघि पहिलो टेस्ट इङल्याण्डले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान