‘द्वैध नागरिकता वा पहिचान पत्ता लगाऊ’

६ श्रावण २०७१, मंगलवार ०६:३८ मा प्रकाशित

नयाँदिल्ली, ६ साउन । भारत सरकारले नेपाल र भारतको द्वैध नागरिकता वा पहिचान लिएर आफ्नो भू(भागमा बस्नेहरूको स्थिति पहिल्याउन सीमावर्ती क्षेत्रका सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

‘दोहोरो पहिचान साथमा राखेर बस्नेको विवरण सूचित गर्न र उक्त पहिचान के ? कसरी प्राप्त भएको हो, यसबारे छानबिन गर्न सीमावर्ती सुरक्षा एजेन्सीहरूलाई निर्देशन दिइएको हो,’ दिल्लीस्थित गृह मन्त्रालयका एक अधिकारीले भने ।

नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) सरकारले छिमेकी देशहरूसँग सौहार्दपूर्ण र सुमधुर सम्बन्ध स्थापित गर्ने नीति लिएपछि सधैंजसो बहसमा आउने गरेको दोहोरो नागरिकताको स्थितिबारे गृह मन्त्रालयले कडाइ गर्न लागेको हो ।

सीमावर्ती क्षेत्रका सीमा सुरक्षा बल (एसएसबी), इन्टेलिजेन्स ब्युरो (आईबी), स्पेसल ब्युरो (एसबी) आदि सुरक्षा निकायमा एकैसाथ पत्राचार गर्दै दोहोरो नागरिकता लिने व्यक्ति पहिचानको निर्देशन दिइएको हो । नेपालमा नागरिकतालाई नागरिक पहिचानको सबैभन्दा आधिकारिक कागजात मानिए पनि भारतमा मतदाता परिचयपत्र, रासनकार्ड, आधारकार्ड आदिलाई नागरिकतासरह मान्ने गरिन्छ ।

नेपालसँगको खुला सिमानाका हकमा दार्चुलादेखि इलामसम्मका २५ जिल्लाको सीमावर्ती भूभाग समेटिने गरी ९१७७१ किलोमिटर० सीमावर्ती विन्दुमा सीमा सुरक्षा बल (एसएसबी) को दस्ता छ । सुरक्षा स्रोतका अनुसार ६२ बटालियनमा विभाजित ६२ हजार सीमा सुरक्षा दस्ताले नेपाल-भारत खुला सीमा र भारत-भुटानको झन्डै ६ सय ५० किलोमिटर साझा सीमाको निगरानी गर्दै आएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने