चिनियाँ नागरिक लुटिए

६ श्रावण २०७१, मंगलवार ०६:२३ मा प्रकाशित

काठमाडौं, ६ साउन । खादाको व्यापारबाट संकलित रकम लिएर चीनको खासा फर्केका चिनियाँ व्यापारी राजधानीमा लुटिएका छन् ।

ठमेलको ज्याठामा सोमबार बिहान ४ बजे दुई वटा मोटरसाइकलमा आएका ४ जनाले ३ तिनीसँग भएको १० लाख रुपैंयासहित अन्य सामान लुटेका थिए । प्रहरीले लुटपाटमा संलग्न सबैलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले लुटिएको पुरै रकमसहित त्यसमा संलग्नलाई पक्राउ गरेको हो ।

लुटिने चिनियाँ नागरिकहरु लिजि लिन, झाङ कुई, र झाङ जिन ब्यापारको शिलसिलामा पटकरपटक काठमाडौं आउने जाने गरेका थिए । उनीहरुको लुटिएको रकमको बैधताको बारेमा भने थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिकका चालक ग्यान्जो शेर्पा, उनका साला नुवाकोट सुनखानीका २५ बुद्धिमान तामाङ, दोलखा लाकुरेडाँडाका २५ बषिर्य राजेश लामा, त्यहिकै २८ वर्षीय शोभित कुमार श्रेष्ठ, सिन्धुपाल्चोक खुल्पिङका २५ बषिर्य लाक्पा शेर्पा छन् ।

अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक ९एसएसपी० पुष्कर कार्कीले चिनियाँ नागरिकलाई खासा लैजाने उनीहरुकै चालक ग्यान्जो लामाको योजनामा डकैती भएको बताए ।

बिहान ४ बजे ठमेलको बेईजिङ होटलबाट टाटा सुमो रिजर्भ गरेर जान लागेका चिनियाँसंग पैसा छ भन्ने सुईको पाएपछि उनले अन्य साथीलाई खबर गरेर डकैती गरेका थिए । ग्यान्जो तातोपानी काठमाडौं टाटा सुमो चलाउने गर्छन् ।

उनले चलाउने बा८च६६३४ नम्बरको सुमो उनको आफ्नै हो । बिहान साढे ४ बजे डकैती भएको खबर पाएपछि अपराध महाशाखाबाट नायब उपरिक्षक मीरा चौधरीको कमाण्डमा खटिएको टोलीले लुटेराहरुलाई गौशाला र बौद्धबाट पक्राउ गरेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्