संविधानसभाको म्याद फेरी तीन महिना थपिने

९ जेष्ठ २०६९, मंगलवार १९:४६ मा प्रकाशित

काठमाडौ, ९ जेठ । मधेसी मोर्चा सहित प्रमुख तीन दलका शिर्ष नेताहरुवीच संविधानसभाको म्याद तीन महिना थप्ने गरी संविधान संसोधन विद्येयक संसदमा पेश गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री डा बाबुराम भट्टराई म्याद थप सम्बन्धी प्रस्ताव राखेका थिए । जसमा एमाले, काग्रेस र मधेसी मोर्चाले सैद्धान्तिक सहमति जनाएका थिए ।
विद्येयक पारित लगायतका विषयमा भने काग्रेस र एमालेले आफ्नो रिर्जभेसन राखेका छन् । उनीहरुले माओवादीलाई दोधारे चरित्र छाड्न, आन्दोलन नगर्न र विवादित विषयमा लचक भएर प्रस्तुत भए मात्रै औपचारिक रुपमा सहयोग गर्ने स्पष्ट पारेका थिए ।
यद्यपि उनीहरुले जेठ १४ भित्र नै संविधान जारी गर्न सक्दो प्रयास गर्ने यदि सो समयमा संविधान जारी गर्न सक्ने अवस्था नभए मात्रै म्याद थप्नेमा सहमति जनाएका छन् ।
सरकारले दलहरुको सहमति अनुसार आजै संसदमा विद्येयक दर्ता गराउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

काठमाडौँ । नेपालको संवैधानिक व्यवस्थाअनुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । अहिलेको सरकार नेपालको

काठमाडौं । माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएन । संसदले विश्वासको मत नदिएपछि उनी पदमुक्त भएका छन्