बाढी पहिरोले सुदूरपश्चिममा आठको मृत्यु

५ श्रावण २०७१, सोमबार १८:१६ मा प्रकाशित

कञ्चनपुर, ५ साउन । बाढी पहिरोका कारण सुदूरपश्चिममा चार दिनको अवधिमा आठ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार बाढीबाट सबैभन्दा बढी पाँच जना, पहिरोबाट दुई जना र भीरबाट खसेर एक जनाको ज्यान गएको हो ।
बाढी आएको नदी र खोलामा बगेर कञ्चनपुरका दुई जना, कैलालीका एक जना, डोटीका एक जना र डडेल्धुराका एक जनाले ज्यान गुमाएका छन् ।
घाँस काट्दै गरेका बेला भीरबाट चिप्लेर बझाङका एक जना र पहिरोमा पुरिएर बैतडीका दुई जनाको ज्यान गएको छ ।
साउन १ गतेदेखि ४ गतेसम्मको अवधिमा ती घटना भएका हुन् ।
सोही अवधिमा बाढीबाट ६०० भन्दाबढी परिवार डुबानमा र ३०० भन्दा बढी परिवार विस्थापनमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ