जेठ १४ मा मस्यौदा संबिधान, संबिधानसभाको म्याद तीन महिना थपिदै

९ जेष्ठ २०६९, मंगलवार १९:४३ मा प्रकाशित

काठमाडौ, ९ जेठ । मधेसी मोर्चा सहितको प्रमुख तीन दल संबिधानसभाको म्याद तीन महिना थप्न सहमत भएका छन् । बुधबार आज सिंहदरवारमा वसेको मधेसी मोर्चा सहितको प्रमुख तीन दलको वैठकमा सरकारले प्रस्ताव गरेको संबिधानसभाको म्याद थप्ने प्रस्तावमा दलहरु सहमत्भ एका हुन् ।

वैठकपछि संचार्कर्मिसंगा कुरा गर्दै कांग्रेस नेता बिमलेन्द्र निधिले संबिधानसभाको म्याद तीन महिना थप्न सहमति भएको जानकारी दिएका छन् ।

बैठकमा कांग्रेस र एमालेले एक महिना म्याद थप्नुपर्ने प्रस्ताव गरेका थिए भने सरकारले तीन महिना म्याद थप्न प्रस्ताव गरेको थियो ।

सरकारले सहमतिलाई बिधेयकका रुपमा संसदमा लैजान मन्त्रिपरिषद्को वैठक डाकेको छ । मन्त्रिपरिषद्को  वैठकले आजै वा भोलि तीन महिना समय थप्ने गरि अन्तरिम संबिधान संसोधनका लागि संसद सचिवालयमा बिधेयक दर्ता गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार