नुवाकोटमा चिर्पटले हिर्काउँदा मृत्यु

५ श्रावण २०७१, सोमबार १७:२३ मा प्रकाशित

नुवाकोट, ५ साउन । नुवाकोट जिल्लाको चारघरे गाविसका एक युवकको चिर्पटले हिर्काउँदा ज्यान गएको छ ।
आइतबार राति चारघर गाविस वडा नं ८ कठेरीमा पसल सञ्चालन गरी बसेका ३५ वर्षीय सालिकराम अर्यालको सोही वडाका २३ वर्षीय सागर अधिकारीले चिर्पटले टाउकामा हिर्काउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्यालको पसलमा मदिरा सेवन गरेका सागर र पसल सञ्चालक अर्यालबीच विवाद भएपछि सागरले टाउकामा चिर्पटले हिर्काएका थिए । टाउकामा गम्भीर चोट लागेका अर्यालको त्रिशूली अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, केही वर्षअघि झापा अनारमनी–१ निवासी कृष्णकुमार गिरीका कान्छा छोरा निरज गिरीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने छ जनालाई पुनरावेदन अदालत इलामले जनही पाँच वर्ष कैदको सजाय सुनाएको छ ।
न्यायाधीशद्वय गुणराज ढुङ्गेल र प्रमोदकुमार वैद्यको संयुक्त इजलाशले यस्ताो फैसला गरेको रजिस्ट्रार विश्वजङ्ग सिजापतिले जानकारी दिए ।
फैसलामा आक्रमणकारी सञ्जय लामा, राजु लिम्बू, इन्द्र भुजेल, गोपाल प्रसाईं, लेखनाथ अधिकारी र नरेन्द्रकुमार अधिकारीविरुद्ध कैद सजाय तोकिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य