महोत्तरीमा तीन लुटेरा पक्राउ

५ श्रावण २०७१, सोमबार १४:३७ मा प्रकाशित

गौशाला, ५ साउन । चिनी मिलका कर्मचारीको मोटरसाइकलसहित लुटेर लग्ने तीन जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास–५ बस्ने अशोक महतो, वडा–२ बस्ने विवेक साह र वडा–९ बस्ने ललित महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको रामनगर गाविसमा अवस्थित एभरेस्ट चिनी मिलमा जेटिए पदमा कार्यरत सिरहा जिल्लाको रामपुर विर्ता–३ बस्ने रामबुनेश यादव आइतबार साँझ आफ्नो घरबाट मोटरसाइकल चढी चिनी मिल गइरहेको बेला पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको गौशाला चोकदेखि चिनी मिल जाने बाटोको बीच जङ्गलमा तीन जनाको समूहमा रहेका लुटेराले लाठी र खुकुरी देखाई लुटपाट गरी भागेका थिए ।

लुटेराले जेटिए यादवका स ३ प ५४९५ नम्बरका मोटरसाइकल, हेलमेट, ब्लुबुक र ऊ सँग रहेको एक हजार २०० नगद लुटी भागेका थिए ।

यादवको मोटरसाइकल लुटी फरार रहेका लुटेरालाई प्रहरीले खोजतलास गर्दै जाँदा आज जिल्लाको किसाननगर गाविसको हनुमानचोकमा मोटरसाइकलसहित तीनै जनालाई फेला पारिएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।

पक्राउ गरिएका लुटेरालाई आवश्यक अनुसन्धानका लागि जिप्रका महोत्तरीमा ल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ