पहिरोले दुई घर पुरिए, सात घर जोखिममा

५ श्रावण २०७१, सोमबार १४:२५ मा प्रकाशित

जाजरकोट, ५ साउन । जाजरकोटको लहाँ गाविस वडा नं ६ कालिमटीमा पहिरोबाट दुई घर पुरिएका छन् ।

अन्य सात घर उच्च जोखिममा रहेको प्रहरीले बताएको छ । पहिरोले लहाँ–८ कालिमटीका युवराज रावल र रामबहादुर पुनको घर पूर्ण रुपमा पुरेको छ ।

अन्य सात घर जोखिममा परेको भन्दै स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका छन् । पहिरोले घर जोखिममा पारेपछि गणेश विक, कर्णबहादुर ओली, वीरबहादुर खत्री, दीपबहादुर सुनार, शेरबहादुर ओली, जुगारीलाल सुनार र सीताराम सुनारलगायतका सात घरपरिवार विस्थापित भएको प्रहरीले बताएको छ ।

आइतबार राति ७ बजे वर्षासँगै आएको पहिरोले यो घटना भएको डिएसपी चक्रबहादुर सिंहले बताए ।

पुरिएका घरहरुबाट कुनै पनि सामग्री निकाल्न नपाएको पीडित युवराज रावलले बताए ।

माथिबाट आएको पहिरोले ती दुई घरलाई बगाएर नलसिंह गाड नदीमा मिसाएका कारण कुनै पनि सामग्री निकाल्न नपाएको प्रहरीको भनाइ छ । रातिभरि पानी परेका कारण उद्धारमा समस्या आएको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ ।

विस्थापितहरु पाल टाँगेर बसेका छन् । यो बस्ती नदीको किनारमा भएका कारण थप समस्या आएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री