बहुजातीय प्रदेश बनाउने पार्टीको निर्णय उल्लङ्घन नगर्न सभासद्हरुलाई एमाले अनुशासन आयोगको आग्रह

९ जेष्ठ २०६९, मंगलवार १५:२४ मा प्रकाशित

काठमाडौ, ९ जेठ । नेकपा एमालेको अनुशासन आयोगले बहुजातीय प्रदेश हुनुपर्ने पार्टीको निर्णय उल्लङ्घन नगर्न सभासदहरुलाई निर्देशन दिएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संविधान निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा पार्टीको निर्णय विपरित नजान सभासदहरुलाई निर्देशन दिईएको आयोगका संयोजक अमृतकुमार बोहोराले जानकारी दिनुभयो । उहाँले एकल जातिय पहिचानसहित राज्य पुनसंरचनाको माग गर्दै सभासदहरुले हस्ताक्षर गरेको ज्ञापनपत्रमा एमालेका सभासद्हरु पनि रहेको भन्दै यो समस्या निराकरणका लागि तत्काल पहल थाल्न केन्द्रीय कमिटीलाई पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।