बारामा काठ तस्करीमा संलग्न प्रहरी पक्राउ

५ श्रावण २०७१, सोमबार १४:११ मा प्रकाशित

वीरगञ्ज, ५ साउन । बारा जिल्लामा स्थानीयले काठ तस्करीको आशंकामा छ जना प्रहरीलाई पक्राउ गरेर सम्बन्धित निकायमा कारबाहीका लागि बुझाएका छन् ।
काठ तस्करीमा संलग्न रहेको आशंकामा स्थानीयले सिमरास्थित रामवनमा आज विहान करिव दुई बजे छ जना प्रहरीलाई नियन्त्रणमा लिएका हुन् ।
रामवन क्षेत्रमा डकैतीको घटना बढ्न थालेपछि रात्रि गस्तीमा रहेका स्थानीयले काठ बोकेको ट्याक्टर, प्रहरीको भ्यानसहित छ जना प्रहरीलाई नियन्त्रणमा लिएका थिए ।
पर्साको चोर्नी गाविसबाट ना २ त ३८५० नम्बरको ट्रयाक्टरमा काठ लोड गरी सिमरातर्फ लगिरहेको अवस्थामा स्थानीयले ३५ दशमलव ६८ फिट चिरान काठ र ना १ झ १३३२ नम्बरको प्रहरी भ्यान पनि नियन्त्रणमा लिएका थिए ।
काठ तस्करीको आशंकामा स्थानीयले ईलाका प्रहरी कार्यलय सिमराका सहायक निरीक्षक सगिर अहमद, धर्मेन्द्र गिरी तथा जवान चेतबहादुर थापा, सन्दिप कोइराला, आकाश गुरुङ र भीम रोकायालाई नियन्त्रणमा लिएका थिए ।
सहायक निरीक्षक गिरी आफैले काठ बोकेको ट्याक्टर चलाएकै अवस्थामा पक्राउ गरिएको स्थानीय कुवेर घिमिरेले जानकारी दिए ।
पक्राउ परेका प्रहरीलाई रातभरि नियन्त्रणमा राखेर आज विहान स्थानीयले पर्सा बन्यजन्तु आरक्षको जिम्मा लगाएको घिमिरेले बताए ।
आरक्षका निमित्त संरक्षण अधिकृत मञ्जुर अहमदले घटनाको अनुसन्धान गरी पक्राउ परेकाहरूलाई कारवाही थालिने बताए ।
सहायक निरीक्षकसहित छ प्रहरी पक्राउ परेपछि जिल्ला प्रहरी कार्यलय बाराबाट नायब उपरीक्षक रविन्द्र रेग्मी घटनाको अध्ययन गर्न सो स्थानमा पुगेका छन् । उनले भने, ‘पक्राउ परेका प्रहरीहरू आरक्षले दोषी देखाए सबैलाई निलम्बन गरी कारवाही गर्न सहयोग गर्छौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन