तत्कालै युद्धविरामका लागि संयुक्त राष्ट्रसंघद्वारा अपील

५ श्रावण २०७१, सोमबार १४:०१ मा प्रकाशित

–एएफपी

गाजा सिटी, (प्यालेस्टाइन क्षेत्र), ५ साउन । संयुक्त राष्ट्रसंघले तत्कालै युद्ध विरामका लागि इजरायलसँग आग्रह गरेको छ ।

गएको करिब दुई हप्तादेखि इजरायलको आक्रमणमा परी गाजामा नागरिक हताहतिको सङ्ख्या बढ्दै गएपछि राष्ट्रसङ्घीय सुरक्षा परिष्दले तत्कालै युद्धविरामका लागि आग्रह गरेको हो ।

सोमबार विज्ञप्ति प्रकाशन गरी सो आग्रह गरेको बताइएको छ । उता सोमबार बिहानैदेखि इजरायलले गाजापट्टिमा आक्रमण सुरु गरेको जनाइएको छ ।

आक्रमणसँगै इजरायलमा मारिनेको सङ्ख्या ५०० पुगेको छ ।

सोमबार विहान इजरायली आक्रमणमा परी कम्तीमा पनि १० जना मारिएका छन् । ती मारिनेमध्ये आधाभन्दा बढी बालबालिका परेका छन् ।

उक्त हत्यालाई नरसंहारको संज्ञा दिँदै प्यालेस्टाइनी अधिकारीहरूले न्यायका लागि अन्तर्राष्ट्रिय रुपमा पनि अपील गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि इजरायली प्रधानमन्त्री बेन्यामित नेतान्याहुलाई टेलिफोन गरी युद्धविरामका लागि आग्रह गरेका छन् ।

इजरायलमा युद्धविरामको अन्त्यका लागि आवश्यक पहल गर्न भन्दै अमेरिकी विदेश मन्त्री जोन केरी इजरायलतर्फ प्रस्थान गरेका छन् ।

इजरायलले प्यालेस्टाइनी गाजा क्षेत्रमा सुरु गरेको आक्रमणको आज १४ औँ दिनमा आइपुग्दा सो आक्रमणमा परी मारिनेको सङ्ख्या ५०२ पुगेको बताइएको छ ।

क्षेप्यास्त्र हमलामा परी एकै परिवारका दश जनाको ज्यान गएको र त्यसमा सातजना बालबालिकाका परेका छन् ।

गत १४ दिनयता भएका ती आक्रमणहरूमा दुई हजारभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । ती मध्ये अधिकांश गम्भीर घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

गत जुलाई ८ बाट इजरायलले सो गाजा क्षेत्रमा हमला सुरु गरेको हो । इजरायलतर्फ भने रकेट आक्रमणमा केहीमात्र सर्वसधारणको मृत्यु भएको जनाइएको छ । इजरायलले पनि आक्रमण भएको जनाएको छ ।

त्यसैगरी आइतबार गाजा सहरमा केही इजरायली सैनिकको मृत्यु भएको बताइएको छ । आइतबारको आक्रमणमा गाजामा १३ जना इजरायली सैनिक मारिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त