माग संबोधान नगरे आन्दोलन जारी राख्ने आदीबासी जनजातीहरुको निर्णय

९ जेष्ठ २०६९, मंगलवार १५:२१ मा प्रकाशित

काठमाडौ, ९ जेठ । विभिन्न पार्टीसम्बद्ध जनजाति नेता तथा सभासद्को बैठकले सरकारसँगको आज हुने वार्तामा आफूहरुले उठाएका माग सम्बोधन नभए थप सङ्घर्षमा जाने निर्णय गरेको छ । एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा जनजाति आदिवासी संयुक्त सङ्घर्ष समितिले अघि सारेको एकल जातीय पहिचानको आधारसहित यही जेठ १४ गतेभित्र संविधान जारी गर्नुपर्ने, आत्मनिर्णयको अधिकार, अग्राधिकार, स्वशासनसहितको प्रदेश र विशेष संरचना सुनिश्चित हुनुपर्ने मागमा अडिग रहने निर्णय गरेको हो । एकीकृत माओवादी र आदिवासी जनजाति सभासद् समूह ककसबीच भएको बैठकमा सङ्घर्ष समितिले आह्वान गरेको नेपाल बन्दका क्रममा सरकारले आह्वान गरेको वार्तामा सहभागी हुने र वार्ता सकारात्मक नभए थप आन्दोलन अगाडि बढाउने निर्णय भएको आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो । सरकारसँग हिजो भएको वार्तामा सरकारले आफ्ना मागबारे गम्भीररुपमा प्रस्तुत हुन नसक्दा वार्ता निष्कर्षविहीन बन्न पुगेको ठहर गर्दै आजको वार्तालाई सफल बनाउन अधिकतम प्रयास गर्ने र वार्ताबाट सहमति जुट्न नसके आजै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि उहाँले बताउनुभयो । सरकारी वार्ता टोलीले आफ्नो सुझाव पेस गरेको र सो सुझावमा आफूहरू सहमत हुन नसकेपछि आज हुने वार्तालाई सार्थक बनाउन छुट्टै प्रस्ताव पेस गरिने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा सङ्घर्ष समितिका पर्शुराम तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष लेखी, एमाओवादीका सभासद्हरु सुरेश आलेमगरलगायतका आदिवासी जनजातिसम्बद्ध नेता तथा सभासद्को सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस