आइटममा नृत्य गर्ने ज्याकलिनको चाहाना

५ श्रावण २०७१, सोमबार ०९:३३ मा प्रकाशित

– एजेन्सी
मुम्बई । व्यस्त बलिउड बजारमा नायिका ज्याकलिन फर्नाडिजको माग बढ्न थालेको छ । उनले पनि आफ्नो उपस्थिति जनाउन नृत्य र अभिनयमा राम्रो सुधार गर्दै आएकी छन् ।
भर्खरै अभिनयमा परिचय बनाउन थालेकी ज्याकलिनले बलिउडलाई आफू तर्फ आकर्षित गराउन आइटम गीतमा नृत्य गर्ने भएकी छन् ।
‘आइटम नम्बरका लागि मैले तयारी गरिरहेकी छु,’ ज्याकलिनले बताएकी छन्, ‘अब कुनै चलचित्रका लागि अइटम गीतमा प्रस्ताव आए तुरुन्त स्वीकार गर्छु ।’
विगत ५ वर्ष देखि बलिउडमा संघर्षरत ज्याकलिनले आइट नम्बरको आफ्नो पुरानो चाहाना रहेको उल्लेख गरिन् । हुन् बलिउडमा निर्माण हुने अधिकांश चलचित्रमा आइटम नृत्य राख्ने चलन बढ्दो छ । त्यसको फाइदा उठाउन ज्याकलिनले पनि चाहेकी हुन् ।
‘मैले पाँच वर्ष देखि बलिउडमा मेहनत गरेर बेग्लै पहिचान बनाएकी छु,’ उनले भनिन्, ‘कसैले मलाई अहिले आइट नम्बरको अफर दिए भने मलाई खुसीनै लाग्नेछ ।’
पछिल्लो समय लगातार अभिनेत्री कट्रिना कैफको प्रशंसा गरेकी ज्याकलिनले आफ्नै मिहेनतले बलिउडमा रहन सफल रहेको बताइन् । भनिन् ‘सबैको लक्ष्या बलिउडको उचाइ छुनु हुन्छ । म पनि बलिउडमा सफल नायिका बन्न चाहन्छु ।’
मिहेनत बिना सफलता असम्भव भएको बताउँदै ज्याकलिनले मिहेनतले मानिसलाई सफलताको स्वद चखाउने उल्लेख गरिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै