माओवादी र मधेसी मोर्चा सहमति नजुटे मतदान प्रक्रियामा जाने

९ जेष्ठ २०६९, मंगलवार १५:२० मा प्रकाशित

काठमाडौ, ९ जेठ । एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच राज्यको पुनःसंरचना र शासकीय स्वरुपलगायत संविधानका विवादित विषयहरुलाई सहमति नभएमा संविधानसभामा निर्वाचनको प्रक्रियाद्वारा समाधान गर्ने सहमति भएको छ । आज बिहान माओवादीको अध्यक्ष प्रचण्डको निवासमा भएको माओवादी र मोर्चाका शीर्ष नेताको छलफलमा सो सहमति भएको हो । गत जेठ २ गते एमाओवादी, नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र मोर्चाबीच सहमति भएको भनिएका शासकीय स्वरुप र राज्यको पुनःसंरचनाका विषयमा दलहरुबीच पुनः विवाद देखिएको छ । विवादित विषयलाई संविधानसभाबाट निर्वाचनका प्रक्रियबाट टुङ्ग्याउने सहमति भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दलहरुबीचमा अझै सहमतिको प्रयास गर्ने, वार्ता र छलफललाई जारी राख्ने सम्बन्धमा एमाओवादी र मोर्चाबीच सहमति भएको बताउनुभयो । यसैगरी, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले दलहरुबीच सहमति गर्ने अन्तिम प्रयास गर्दा सहमति जुट्न नसके प्रक्रियामार्फत अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार