एमाओवादी-भारत सम्बन्ध चिसिंदै

५ श्रावण २०७१, सोमबार ०५:४३ मा प्रकाशित

काठमाडौ, ५ साउन । दोस्रो संविधानसभा चुनावमा भारतीय पक्षले एमाओवादी पहिलो पार्टी बन्ने विश्वास दिलाएको थियो र त्यसमा ढुक्क थिए, अध्यक्ष पुष्पकमल दाहाल पनि । तर उल्टो परिणाम आएपछि दाहाललगायत एमाओवादी नेतृत्व छाँगाबाट खसेजस्तै भए । अनि ठाने-धोका भयो ।

पार्टी तेस्रो स्थानमा झरेपछि एमाओवादीले बाह्य शक्तिको बलमा षड्यन्त्र भएको प्रतिक्रिया दियो । आफूलाई हराउन अन्य राजनीतिक शक्तिलाई सहयोग गरेको शंका सार्वजनिक गर्‍यो । भारतसँग कूटनीतिमा जोड दिंदै राष्ट्रिय स्वाधीनताको विषयलाई कम महत्त्व दिनु पराजयको एउटा कारण भएको निष्कर्षकेन्द्रीय समितिले निकाल्यो ।

निर्वाचनपछि चिसिन थालेको एमाओवादीको भारत सम्बन्ध अझै बिग्रिने संकेत देखिएको छ । निर्वाचनअघि राष्ट्रिय स्वाधीनताको विषय कूटनीतिबाट समाधान गर्नुपर्ने जोड दिंदै आएको उसले अब राजनीतिक बाटोबाट अघि बढ्ने निर्णय गरेको छ । त्यो भनेको संर्घषको बाटो हो । त्यसका लागि उसले ुदेशभक्तिपूर्ण आन्दोलनु गर्ने प्रस्ताव पारित गरेको छ, जुन भारतले नरुचाएको नीति हो ।

वैशाख अन्तिम साता विराटनगर सम्मेलनले पारित गरेको राजनीतिक दस्ताबेजमा भारतलाई ुविस्तारवादीु भनेर किटान गरेको छ, जबकि उसले २०६८ भदौमा नेता बाबुराम भट्टर्राई प्रधानमन्त्री भएपछि यो शब्दावली प्रयोग गर्न छाडेको थियो ।

‘साम्राज्यवाद, विस्तारवादको हस्तक्षेप एवं उत्पीडनविरुद्ध संर्घष गर्ने पार्टीको नीतिलाई दह्र्रो गरी पक्रदै नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने र वाह्य प्रभावबाट मुक्त हुने भूमिका खेल्नु जरुरी छ,’ विराटनगर सम्मेलनद्वारा पारित दस्ताबेजमा भनिएको छ, ‘कूटनीतिक सन्तुलन मिलाउने नाममा नेपालको राष्ट्रिय स्वाधीनता र नेपालै जनताको देशभक्तिपूर्ण आन्दोलनमा पार्टीले निरन्तर खेल्दै आएको नेतृत्वदायी भूमिका यसबीचमा कमजोर देखियो ।’

तथापि विराटनगर सम्मेलनबाट दाहाल अध्यक्ष निर्वाचित भएर आएपछि सबभन्दा पहिले लाजिम्पाट पुगेर बधाई दिने भारतीय राजदूत रञ्जित राय नै थिए । अहिले भने एमाओवादीले नेकपा-माओवादीलगायतसग कार्यगत एकता गरी राष्ट्रिय स्वाधीनताका लागि संर्घष गर्ने नीति लिएपछि भारतसँगको सम्बन्ध अझै बिग्रिने देखिएको हो ।

मोहन वैद्य नेतृत्वको माओवादीको एक प्रमुख चासो भारतप्रति लक्षित नीति थियो । असार दोस्रो साता हस्ताक्षर भएको दुई माओवादीसहित कार्यगत एकता समितिको उद्देश्यमा विगतमा गरिएका असमान सन्धि-सम्झौताहरू र राष्ट्रियताका विषयमा संर्घष गर्नेु उल्लेख छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति