संविधानसभा र व्यवस्थापिका संसद्को बैठक फेरि स्थगित

९ जेष्ठ २०६९, मंगलवार १५:१८ मा प्रकाशित

काठमाडौ, ९ जेठ । व्यवस्थापिका–संसद् र संविधानसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । संविधानसभा–व्यवस्थापिका संसद् सचिवालयले आज सूचना टाँसी ती बैठकहरू विशेष कारणबस स्थगित भएको जनाएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि बुधबार दिउँसो १ बजे र संविधानसभाको अर्को बैठक भोलि नै दिउँसो ३ बजेका लागि तय गरिएको छ । लगातार नेपाल बन्द र दलहरुबीचको सहमतिको प्रयासका कारण प्रमुख दलहरुका सचेतकहरुको परामर्शमा बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका