सरकार र बन्दकर्ता संघर्ष समितिको वार्ता आज पनि

९ जेष्ठ २०६९, मंगलवार ०९:१४ मा प्रकाशित

काठमाडौ, ९ जेठ । आन्दोलनरत आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति र सरकारबीच आज पनि बार्ता हुने भएको छ । हिजो दुई चरणमा भएको वार्ता निष्कर्षमा नपुगी सकिएको थियो । आज वार्ताको लागि बोलाउने सरकारी वार्ता टोलीका सदस्यले जानकारी दिएको भए पनि समय र स्थान नतोकेको नेपाल लोकतान्त्रिक तामाङ सङ्घका केन्द्रीय अध्यक्ष तथा आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति सदस्य बीरबहादुर लामाले बताउनुभयो । सङ्घर्ष समितिले अघि सारेको जातीय पहिचानका आधारसहित जेठ १४ गतेभित्र संविधान जारी गर्नुपर्ने, आत्मनिर्णयको अधिकार, अग्राधिकार, स्वशासनसहितको प्रदेश र विशेष संरचना सुनिश्चित हुनुपर्ने मागमा सरकारी वार्ता टोली सकारात्मक हुन नसकेको लामाले जानकारी दिनुभयो । आज सङ्घर्ष समितिको कार्यसमितिको बैठक बसेर छलफल गर्ने र बैठकको निर्णयको आधारमा वार्तामा सहभागी हुने नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस